ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री


सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

Loading

राजविराज । जनता समाजवादी (जसपा) नेतृत्वको मधेश सरकार भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीबाट सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश यादवले बिहीबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादव र अर्थ मन्त्री संजय यादव भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले सरकार छाडेको बताए ।
जनमत पार्टीको संसदीय दलका नेता समेत रहेका यादवले आफूले पाएको मन्त्रालयबाट कुनै किसिमको भ्रष्टाचार र कमसनको खेल हुन नदिने अडान राखेपछि मन्त्रालयको कुनै पनि फायल अगाडि बढ्न नदिने मुख्यमन्त्री र अर्थ मन्त्रीको मनसाय देखिएको बताए । ‘योजना शुरु हुनुभन्दा अगाडि नै कमिसनको माग आउँथ्यो’ उनले भने, ‘एउटा योजनाको ३ प्रतिशत कमिसन माग्ने काम पहिला नै हुन्थ्यो ।’
आफूले पाएको मन्त्रालय मातहतको कार्यक्रम मलाई जानकारी नै नदिई गर्ने निर्णय मुख्यमन्त्रीले गरेको उनको भनाई छ । ‘जसका कारण कतिपटक मुटभेड हुन सक्ने सम्भावना पनि देखियो । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको उदाहरण देखाउँदै उनले भने, ‘शिलान्यास कार्यक्रम मेरो मन्त्रालयबाट हुनुपर्नेमा मुख्यमन्त्री आफ्नो पार्टीको कार्यक्रम बनाएर एउटा पार्टी अध्यक्षबाट गराए । जुन अति लज्जास्पद घट्ना हो ।’
मधेश कृषि विश्वविद्यालयको बिषयमा थप बोल्दै उनले भने, ‘यो विश्व्विद्यालय यसअघि करोडौंको हिनामिनाका कारण कुनै कामकाज अघि बढ्न सकेको थिएन् । अख्तियारमा मुद्दा चलिरहेको अवस्थामा सबै फायललाई अघि बढाएर पठन–पाठनदेखि बजेट समेत विनियोजन गराएँ । तर, एउटा मन्त्रीको हैसियतलाई समेत ख्याल नगरी मेरै निर्वाचित क्षेत्रमा दंगा गराउने सुनियोजित घट्ना मुख्यमन्त्री र जसपा अध्यक्षबाट गरियो ।’
उनले आफूले सबैको सम्मान हुने गरी गरेको बजेट विनियोजनमध्ये ६० प्रतिशत काटेर अर्थमन्त्रीले आफ्नो क्षेत्रमा लगेको बताए ।
आफू लगभग एक बर्षदेखि प्रदेश सरकारमा रहँदा मधेशलाई नै साक्षर बनाउने योजना अघि सारेपनि त्यसको पनि बजेट कटौति गरिदिएको उनले बताए । सरकारमा रहँदा सीमान्तकृत समुदायको लागि विशेष नीति बनाएको, प्रादेशिक शिक्षा ऐन तयार गर्न लागेको, व्यवबहारिक, संस्कारिक र मातृभाषाको शिक्षामा जोड् दिएको, दातृ निकाय संस्थाहरुलाई रेकर्डका लागि मन्त्रालयमा दर्ता गरिने कामको शुरुवात गरेको, बालविवाहमुक्त १० बर्षे योृजना सार्वजनिक गरेको, खेलकुद विधेयक तयार गरी संसदमा पेश गरेको, आइटीपार्क हब, ऐतिहासिक संग्राहलय, इ लाब्रब्रेरी, अष्टाबक्र सेन्टर र मिटी पार्कका लागि विस्तृत अध्ययन गरी कामलाई अगाडि बढाएको उनले जानकारी दिए ।
तर मुख्यमन्त्री र अर्थमन्त्रीले मनमानी गर्दै काम गर्ने वातावरण नै नदिएको उनले बताए ।
शहीद परिवारको नामै सुनेनन्
पत्रकार सम्मेलनमा सहभागी भएका प्रदेश सभा सदस्य सतिश सिंहले जसपाकै कारण मधेश कृषि विश्वविद्यालयमा झड्पको स्थिति सृजना भएको बताए । उनले पार्टीको लोगो लगाएका आफ्ना कार्यकर्तालाई मात्र कार्यक्रमस्थलमा जान लगाएको र अन्यलाई जान नदिएको बताए ।
सबैको सहमति र उपस्थितिमा शिलान्यास गर्नुपर्नेमा नगरेको उनले बताए । ‘मुख्यमन्त्रीले शिलान्यास नगरे कुनै शहीद परिवार नभै ७ बिगाहा जग्गादाताका १०८ बर्षे बुवाको हातबाट शिलान्यास गर्न हामीले भन्यौं’ शिलान्यास कार्यक्रमको बिहान भएको सहमतिबारे जानकारी गराउँदै उनले भने, ‘तर उहाँहरुको अडान पार्टी अध्यक्षले नै गर्ने रह्यो । सरकारी कार्यक्रमको शिलान्यास कुनै पार्टी अध्यक्ष या नेताले गर्न पाउँछन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

Next Post

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.