ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अन्ततः डाक्नेश्वरीका मेयरले गरे आफ्नै ज्वाइँलाई रोजगार संयोजकमा नियुक्ति


बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

Loading

राजविराज । चौतर्फी विवादकाबीच सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले रोजगार संयोजकमा आफ्नै ज्वाइँ धर्मदेव मुखियालाई नियुक्त गरेका छन ।

रोजगार संयोजक पदमा आफ्नै ज्वाइँको नाम निकाल्न मेयर मुखिया सफल भएका हुन् । शनिबार सफल उम्मेदबारको नाम निकाल्दा बैकल्पिक उम्मेदबारको समेत नाम उल्लेख गरिएको छैन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले उत्तिर्ण मार्कमा समेत नआएका कारण वैकल्पिक निकाल्न नसकिएको बताए ।

‘छनौट समिति बनाएर निर्णय गरिएको हो’ उनले भने, ‘कोहि पनि प्रतिस्पर्धामा आएनन् ।’

रोजगार संयोजक लगायतका पद खाली भएपछि नगरपालिकाले पदपूर्तिका लागि २२ चैत २०८० मा सूचना निकालेर परीक्षा लिने तयारी गरेको थियो । तर मेयर सहितका जनप्रतिनिधिहरुले निकालेको विज्ञापन अनुसार आपसी बाँडफाँट गरेर अनधिकृत तरिकाले नियुक्त गर्न खोजेपछि कर्मचारी र जनप्रतिनिधिबीच विवाद बढेको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जनप्रतिनिधिका आफन्त र छोराछोरीलाई नियुक्ति गर्न नमानेपछि नेकपा एमालेबाट जितेका मेयर मलाह सत्ताको आडमा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन गरी सर्तसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतमा पशु अधिकृत रामकिसुन यादवलाई ल्याएर नियुक्ति प्रक्रिया अगाडि बढाउन लगाएका थिए ।

अख्तियारको उजुरीलाई वेवास्ता

मेयर मुखियाले आफ्ना ज्वाइँलाई यो पदमा नियुक्त गर्न खोजेको भन्दै ५ मंसीर २०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । बिना प्रकृयाको सिधै नियुक्ति गर्न खोजेको भन्दै प्रकृयालाई नै रद्द गर्न उजुरीमा भनिएको थियो ।

तर, उजुरीका वावजुद मेयर मुखियाको प्रभाव र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको संलग्नतामा मेयरका ज्वाइँलाई यो पदमा नियुक्त गरिएको छ ।

यो नियुक्तिको चौतर्फी बिरोध शुरु भएको छ । मेयरका ज्वाइँसँगै यो पदमा परीक्षा दिएका तीन जनाले आफूहरुलाई वाइपास गर्दै सिधैं आफ्नो मान्छेलाई नियुक्त गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

Next Post

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कलेज जाँदै गरेकी बालिकाको हात तोड्दै बलात्कार गरेको आरोपमा युवक पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...