सुधा देव
कम उमेरमा बिवाह गर्नु दीर्घ रोगी भन्दा घातक रोग हो ।
शारीरिक रूपमा परिपक्व तथा आत्मनिर्भर भएर विवाह गर्दा
विवाहपछिको जीवन सुरक्षित र अर्थपूर्ण हुन्छ ।
कम्तिमा २० वर्ष पुगेपछि विवाह गर्दा शारीरिक रूपमा परिपक्व,शैक्षिक तथा आर्थिक रूपमा सशक्त हुने भएकोले विवाहको उमेर २० वर्ष नै कायम हनुपर्ने एकदमै जरुरी छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न दिएको सुझाव अहिलेको परिस्थितिमा एकदमै अमान्य र अशोभनीय रहेको छ । दर्जन पक्ष सकारात्मक छोडेर एक पक्ष नकारात्मकको बुई चढेर दिएको सुझाव बालबालिकाको जीवनमा उच्च जोखिम आउने महशुस भएको छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिई रहदा एकपक्षीय सुझाव दिएको महशुस भएको छ ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । उमेर नपुगेका केटा र केटीले विवाह गरे बालविवाह हुने भनिएपनि
इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्न
समितिले दिएको आम बालबालबालिकाको अहितमा रहेको सर्वसाधारणको बुझाई छ ।
सिमित समस्यालाई प्राथमिकतामा राखेर बालबालिकाको भविष्य माथि खेलवाड गरेमा भोलिका दिनमा बालबालिकाको जीवन कुमालेले बनाएर राखेको काँचो घैलाको सरह हुन्छ । पानी हाल्ने बित्तिकै पार्ट पार्ट पग्लेर घैला र पानी संगै बग्ने तर त्यही माटोको घैलालाई पोलेर पानी राख्दा पानी सजिलै अडिन्छ ।
अन्य समस्या भन्दापनि बालबालिकाको कम उमेरमा हुने विवाह भन्दा पनि २० वर्ष उमेर पुगेर गरिने विवाहलाई प्राथमिकतामा राखेर उनीहरूको जीवन शैली सहजरूपमा चल्न,सकारात्मक परिवर्तनका लागि हामीले वकालत गर्नुपर्ने जरुरी छ । यति बेला बालबालिकाको जीवनमा समस्या आउन नदिन चौतर्फी वकालत गर्नु पर्ने जरुरी छ ।
अहिले नेपालको सरदर रेसियो हेर्ने हो भने १५/१६ वर्षमा अधिकांश बालबालिकाले एसइई पास गर्छन् । १८ वर्षको उमेरसम्म १२ कक्षा जम्मा पास गर्न सकेको अवस्था छ । अहिलेको अवस्था १२ कक्षा पास गर्नेले कसले कसले जागिर पाउँछ ? विवाह भईसकेपछि कति बालबालिका उच्च शिक्षा अध्ययन गर्न सकेर आर्थिक रूपमा संक्षम बन्न सकेका छन् ?
हामीले विश्लेषण गर्ने बेला आएको छ ।
२० वर्ष नपुगिकन शारीरिक,मांसिक अवस्था परिपक्व भएको हुँदैन् । शारीरिक मांसिक सहित हरेक दृष्टिकोणले कमजोर हुन्छन् । त्यसमा थप विवाह गरेर जिम्मेवारी थपिदिएपछि बालबालिकाको काँधमा श्रीमान,परिवार सहित छोराछोरी जन्माउने, हुर्काउने बोक्न नसक्ने जिम्मेवारी थपिएपछि कसरी हरेक क्षेत्रमा योग्य नागरिक बन्ने बिषयमा चिन्ता लिनुपर्ने आवश्यकता छ ।
क्षमता र योग्यता बिना जिम्मेवारीमात्र बढेेपछि परिवारकै आगामी जीवन नै जोखिम हुन्छ । नेपालको संविधान, २०७२ को धारा ३१ मा शिक्षाको हकलाई सुनिश्चित गरिएको छ। यसै धाराले सबै नागरिकलाई आधारभूत शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक शिक्षा समेत निशुल्क गरि शिक्षालाई सबैका लागि पहुँचयोग्य र समान बनाउन मद्दत गरिरहेको बेला १८ वर्षको उमेरमा विवाहको प्रस्ताव गर्नु गलत रहेकोले यो सुझावलाई तत्काल रोक्न बुद्धिजीवीहरूको आग्रह छ ।
लामो समयदेखि बालविवाहको क्षेत्रमा काम गर्दै आएको संस्था परिकल्पना नेपाल सप्तरीकि उपाध्यक्ष सुनिता परियारले हामीले काम गर्ने क्रममा २० वर्ष नपुगेर विवाह गरेका बालबालिकाको स्वास्थ्य र आर्थिक समस्या उच्च जोखिममा रहेको पाईएको बताईन् । बच्चा जन्माउन नसक्दा आमाको मृत्युु हुने घटना र पाईसकेपनि आमा तथा शिशुमा कुपोषित भएको देखिन्छ । कम उमेरमा विवाह गर्दा चौतर्फी दरिद्र भएर जीवन नै तहसनहस हुँदै आएकोले यश विषयमा गम्भीर भएर बालबालिकाको विवाह गर्ने उमेर २० वर्ष नै तोक्नुपर्छ ।
मुलुक आर्थिक रूपमा अोरालो लाग्दै गएकोले
शिक्षा र आर्थिक सशक्तीकरण आजको प्रमुख आवश्यकता हो । गुणस्तरीय उच्च शिक्षा प्राप्ति बिना आर्थिक सशक्तीकरण संभव छैन् । बालबालिकाको १८ वर्षमा विवाह गर्न अनुमती भयो भने व्यक्ति,परिवार,समाज तथा राष्ट्रको समृद्धिको कल्पना गर्न नसक्ने भएकोले समितिले दिएको सुझाव तत्काल फिर्ता लिनुपर्ने जरुरी छ ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पुरा भएको भनी व्यवस्था रहेको छ ।
बालबालिकाको शिक्षा, प्रजन्न स्वास्थ्य, मानसिक तथा शारीरिक परिपक्वता, सम्मानयुक्त पारिवारिक वा सामाजिक जीवनयापन, बालअधिकार, किशोरकिशोरीको अधिकारलाई ध्यानमा राखी कानुनी रुपमा नै नेपालमा विवाहको उमेर २० वर्षपछिलाई तोकिएको तथ्य सर्ववितिदै छ ।
यसरी वैज्ञानिक आधारमा तय गरिएको २० वर्षपछिको विवाह योग्य उमेरलाई १८ वर्षमा झार्ने वहसलाई पूर्णविराम दिन जरुरी देखिन्छ । यस सम्बन्धमा बाल विवाह अन्त्यका लागि क्रियाशिल बालबालिकातथा किशोरकिशोरीका प्रतिनिधित्व गर्ने क्ल्व, समुह, संजालहरु, नागरिक समाजका संघसंस्थाहरु तथा अगुवाहरुसंग छलफल गरी सुझाव लिएर मात्र अघि सर्नुपर्ने जरुरी देखिन्छ ।
तसर्थ २० वर्ष भन्दा कम उमेरमा बिवाह गर्न मिल्ने कानुन बनाउँदा जीवनको हरेक क्षेत्रमा तहसनहस हुने सम्भावना उच्च जोखिम रहेको छ । यस सुझावको सामाजिक संजाल, विभिन्न जिल्लाका गैसस लगाायत,प्रदेश स्तरीय नेटवर्क,बालक्लब लगायतले लगायतले चौतर्फी बिरोध गर्दै आएको सुझाव समिति तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न जरुरी छ ।