![]()
राजविराज । नेपाल निजामति कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण गरिएको छ ।
जिल्ला समन्वय समितिमा सोमबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रमाण पत्र बितरण गरिएको हो । निर्वाचन समितिका संयोजक किशोर प्रसाद साह, सदस्य सूर्यनारायण यादव र बालकृष्ण ढुँगानाले उनीहरुलाई प्रमाण पत्र बितरण गरे ।
गत २६ माघमा भएको युनियनको जिल्ला अधिवेसनले अध्यक्षमा सूर्यकान्त झालाई कायम राख्दै सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको थियो ।
समितिको खुला उपाध्यक्षमा रामबाबु यादव, महिला उपाध्यक्षमा कमला सुवेदी र समावेशी उपाध्यक्षमा मनोज कुमार देव, सचिवमा दीपेन्द्र प्रसाद यादव, सह सचिवमा डम्बर कुमार खंग र कोषाध्यक्षमा बिरेन्द्र यादवलाई चयन गरेको छ ।
पंकज कुमार यादव, रमेश यादव, शिबकुमार साह, दिपेश कुमार चौधरी, महेश प्रसाद यादव, अर्जुन यादव, रंजना अधिकारी, दीपनारायण रजक, रोबिन कुमार झा, उदयकान्त झा, निरज यादव र पशुपति चौधरीलाई सदस्यमा राखिएको छ ।












