![]()
राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कुकुरले मुखमा मृत नवजात शिशु लिएर घुमिरहेको पाइएको छ। बुधबार बिहान यो दृश्य अस्पतालमा देखिएको हो ।
प्रत्यक्ष दर्शीहरूका अनुसार एउटा कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेका थिए । त्यहाँ उपस्थित व्यक्तिहरूले ती कुकुरलाई घेराउ गरी नवजात शिशु पोषण पुनर्स्थापना केन्द्रको पछाडि मृत नवजात शिशुलाई राखिएको छ। यो शिशु कसको हो भन्ने कुरा खुल्न सकेको छैन ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिलिप साहले यो विषयमा अनुसन्धान भइरहेको बताए । अस्पतालमा यो दृश्य देखिरहँदा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, समन्वय अधिकारी कुन्दन कर्ण अस्पतालमै उपस्थित थिए ।
रुपनी गाउँपालिकाका अध्यक्ष यादवले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शाहले घटना एकदमै संवेदनशील भएको भन्दै यसरी बच्चा मारेर फाल्नेको खोजी गरी कारबाही गर्नुपर्ने बताए ।
यसैबीच सप्तरीको राख्नेश्वरी नगरपालिका ९ स्थित पत्थरगाडामा पनि नवजात शिशु मृत अवस्थामा भेटिएका छन्।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।












