![]()
राजविराज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन भएको छ ।
पार्टीको जिल्ला अध्यक्षमा यसअघि नै मनोनित भएका दीपेन्द्र चौधरीको अध्यक्षतामा शनिबार भएको एक भेलाले जिल्ला समितिलाई पूर्णता दिइएको छ । सचिवको जिम्मेबारी बिरेन्द्र कुमार यादवलाई दिइएको छ भने बाँकीलाई सदस्यमा राखिएको छ ।
बिपिन कुमार कर्ण, कौशर अली, सुनिल मण्डल, मुकेश यादव, रुपेश कुमार साह, इन्द्र प्रसाद देव, शिबलखन मण्डल, ममता सिंह, प्रमिला राम, बिमला दास, ब्रहमदेव मण्डल, दिलिप कुमार मण्डल, धनीलाल खंग, महिनारायण यादव, डिलो देवी दासलाई सदस्यमा राखिएको छ ।
यस्तै, लक्ष्मी प्रसाद यादव, जय कुमार रजक, राजकुमारी गुप्ता, अनिता देवी साह, बविता यादव, सिजानकी देवी, रामनारायण यादव, देबनारायण साह, रामी कुमारी राय र अभिनन्दन मण्डललाई पनि सदस्यमा राखिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।












