ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

Loading

राजविराज । जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत मधेश जागरण अभियान अन्तर्गत बिहीबार सप्तरीमा अन्तरकृया कार्यक्रमको आयोजना गरियो । सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अन्तरकृया कार्यक्रम भने अध्यक्षता बिनाको भयो ।

कुनै पनि औपचारिक कार्यक्रम गर्दा अध्यक्षताको आवश्यक्ता पर्दछ । त,यो कार्यक्रममा कोहि पनि अध्यक्ष भएनन् । सिधै प्रमुख अतिथीबाट आसन ग्रहण गर्न लगाइएको थियो । कार्यक्रमका संचालक नेता विश्वनाथ साहले शुरुमै प्रमुख अतिथीको आसन ग्रहण पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गराए ।

यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेतालाई आसन ग्रहण गराइयो ।

कुनै राजनीतिक दल अथवा संघ–संस्थाका अध्यक्षले दल या संघ–संस्थाद्वारा आयोजना हुने कार्यक्रमको अध्यक्षता आसन ग्रहण गर्ने गर्छन् । यो अनुसार नेकपा माओवादी केन्द्रका सप्तरी अध्यक्षले अध्यक्षता ग्रहण गर्नुपर्ने थियो । तर, जिल्लामा पार्टीभित्र देखिएको विवादका कारण कसैलाई पनि अध्यक्षताको आसन ग्रहण गर्न दिइएन् ।

कार्यक्रममा सप्तरी माओवादीका नेताहरुले भाषण पनि दिएनन् । प्रमुख अतिथी प्रचण्डसहित, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्क्ष महेन्द्र राय यादव, पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जिल्ला बार इकाईका अध्यक्ष कामेश्वर यादव, बुद्धिजिवी डा. सूर्या यादव, कलिम अन्सारी र संगीता मण्डलले मन्तव्य व्यक्त गरे ।

सप्तरी माओवादीमा लामो समयदेखि विवाद छ । खासगरी अशोक मण्डल ‘अमर’ र उमेश यादव पक्षबीच रहेको विवादले जिल्लामा समग्र पार्टीलाई नै असर गरेको छ ।

यो कुरा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई जानकारी छ । त्यहीं भएर प्रचण्डले आफ्नो मन्तव्यको क्रममा सप्तरीको विवादबारे बोले ।

उनले सप्तरीका नेताहरु झमेलामा परेको बताए । उनले मिल्न नसक्ने कस्तो बिडम्बना ! भन्दै दुःख प्रकट गरे ।

‘नेताहरु आउँछन् कि आउँदैनन् जस्तो लागेको थियो । तर, सबै जना आएछन्’ उनले भने, ‘उहाँहरुलाई धन्यवाद छ ।’

उनले अमर मण्डल, उमेश यादव र रुबी कर्णको नामै लिएर एकजुट हुन आग्रह गरे । ‘सबै एकजुट हुनुस र जिल्लामा पहिला झैं लालकिल्ला गाड्नुस’ उनले भने ।

२०७० सालको दास्रो संविधानसभामा मानपुर चौधरी, अमर मण्डल र उमेश यादव जितेको स्मरण गर्दै उनले यस्तै मजबुत बनाउन सबै लाग्नुपर्ने बताए ।

एकले अर्काबिरुद्ध काम गर्नु ठीक नहुने भन्दै उनले आफ्नो इगो र अहंम पुष्टि गर्न खोजे बर्बाद हुने बताए ।

‘मधेशमा पार्टीभित्र जो गुटबन्दी छ, कमिटी छैन, कमिटी सिस्टम चलिराख्या छैन यसले धेरै परिणाम दिँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

Next Post

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.