ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

Loading

राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले समाजमा जातीय विभेदको ठूलो खाडल रहेको बताएका छन् ।

बैध-प्रकाश मानवअधिकार पुरस्कार कोषले ३३ औं प्रकाश स्मृति दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन ।

‘जातीय विभेदको ठूलो खाडल छ’ उनले भने, ‘अन्तर्जातीय महिला पुरुषले विवाह गरे अनेकौं गैर कानुनी क्रियाकलाप गर्ने गरिन्छ ।’

उमेर पुगेका छोरा छोरीले अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुतर्फ ध्यान दिन उनके सुझाव दिए ।’छोरीले अन्तर्जातीय युवकसँग विवाह गर्दा अपहरणको मुद्दा चलाउने गरिन्छ, उनले भने, ‘सम्बन्ध राम्रो बनाउनुको सट्टा अपराधी बनाउने गरिन्छ ।’

राजविराजको आफ्नै गरिमा पहिचान छ भएपनि यहाँको शैक्षिक चेतना र मानवअधिकारका कुरा ओझेलमा परेको देखिएको उनलेे बताए ।

इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले मानवअधिकार एउटा दर्शनको रुपमा स्थापित भएको बताए । हरेक राजनीतिक सिद्धान्तले मानवअधिकारको सिद्धान्तलाई अंगिकार गरेको बताए ।

आफ्नो संस्कृति र संसकार बिर्सिदै गएको, अपहेलना गर्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

बैध-प्रकाश मानवअधिकार पुरस्कार-२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह पुरस्कृत भएका छन् ।

सोही अवसरमा उर्मिला देवी झा छैठौं मैथिली गीत गायन पुरस्कार-२०८२ बाट राजविराज-१६ बोरियाकी रुपा देवलाई प्रदान गरियो ।

सिंहलाई इन्सेकका पुर्व अध्यक्ष सुबोधराज प्याकुरेल र देवलाई उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले प्रदान गरे ।

सिंहलाई रु १२ हजार नगदसहित र देवलाई नगद रु २ हजार ५०० सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरियो ।

पुरस्कारका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कृत सिंह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

Next Post

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.