![]()
राजविराज । सप्तरीमा आजै भएको अर्काे दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका २ दिघिया टोल बस्ने श्याम यादवकी ३० बर्षीया पत्नी शान्ति कुमारी यादव छन् ।
आज दिउँसो १ बजेतिर शान्ति आफ्नै देबर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा आफ्ना तीन बर्षीय छोरा समेतलाई लिई बोदे बर्साइनबाट चन्हीतर्फ गइरहेकी थिइन् ।
सोही क्रममा बलानविहुल गाउँपालिका ६ शेहरा चौक स्थित हुलाकी सड्क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक गयाप्रसाद, शान्तिदेवी र उनका ३ बर्षीय छोरा आदित्य घाइते भए । उनीहरुलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज पठाईएकोमा मोटरसाइकल चालक गया ३ बर्षे बालक आदित्य समेतलाई लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ ।
शान्ति कुमारी यादवलाई अस्पतालमा इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको र शव सोही अस्पतालमा राखिएको छ ।
फरार भएका मोटरसााइकल चालकको खोजी भइरहेको तथा मोटरसाइकल प्रहरी चौकी मौवाहाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसअघि शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ भने एक दम्पत्ति घाइते भएका छन् ।












