![]()
दिपेश देव
राजविराज । देव जातीहरूकाे अन्तर्राष्ट्रिय देव महासम्मेलन शुक्रबारदेखि राजविराजमा प्रारम्भ भएको छ। राजबिराज–६ स्थित बागेश्वरी मन्दिर परिसरमा पूर्व तत्कालीन पुनरावेदन अदालतका सेवानिवृत्त मुख्य न्यायाधीश कमानन्द देवले एक समारोहकाबीच महासम्मेलनको उद्घाटन गरे ।
उक्त अवसरमा बाेल्दै उनलेे देव समुदायको पहिचान, इतिहास निर्माण र संस्थागत सहकार्यमार्फत एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
महासम्मेलन संयोजक इञ्जिनियर इन्द्र नारायण देवले बहुविवाह, दाइजो प्रथा र समगोत्री विवाहजस्ता सामाजिक विकृति अन्त्य गर्दै संस्कारगत क्रियाकलापमा समयानुकूल सुधार आवश्यक रहेको बतए ।
कार्यक्रममा पूर्व मन्त्री जितेन्द्र नारायण देव, पूर्व उपसभामुख उपमा देवसहित नेपाल र भारतका विभिन्न स्थानबाट आएका प्रतिनिधिहरूको सहभागिता छ ।
तीन दिनसम्म चल्ने यो महासम्मेलनमा देव समुदायका विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ ।












