![]()
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यस्तो अप्ठ्यारोमा परेको बेला मधेश प्रदेशमा कुन प्रकारको सत्ता झिम्टीको खेल भइरहेको ? भन्दै प्रश्न गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ को प्रथम अधिवेसनलाई बिहीबार शम्भुनाथ नगरपालिकामा सम्बोधन गर्दै लिङदेनले यस्तो प्रश्न गरेका हुन् । ‘देश समस्यामा रहँदा मधेशमा सत्ताका लागि अनैतिक कृयाकलापहरु भइरहेको उनले बताए ।
‘यसले गरेको छ प्रदेशको औचित्य समाप्त भयो भने कुरा आफैं पु्ष्टि गरेको छ’ उनले भने, ‘यो कुरा यहीं प्रदेशबाट देखिइरहेको छ ।’
प्रदेश संरचना हितभन्दा द्धन्द्धको कारण बनिरहेको भन्दै उनले केवल व्यक्ति फेर्ने कुरा मात्र नभई देशको संरचना नै परिवर्तन गर्नुपर्ने उनले बताए ।
‘नेताहरुलाई हटाएर संरचना राखिरहनुपर्छ भन्ने चर्चा चलेको छ । नेताहरु बदनाम भए भ्रष्टाचारी भए म पनि भनिरहेको छु’ उनले भने, ‘ तर नेता मात्रै दोषी छैनन्, व्यवस्था पनि दोषी छ । निर्वाचन प्रणाली, राज्य संरचना बोकेर कहिं पुग्न सकिन्न, देश झनै बर्बाद हुन्छ ।’












