![]()
राजविराज । सप्तरीबाट झन्डै १ हजार किलो लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाकाे कंचनरूप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बिहीबार राति १०:३० बजेतिर गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत उक्त ठाउँमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.५ ख ५३५ नम्बरको ट्रकबाट ९७८ किलो गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गाँजासहित ट्रक चालक सुनसरीको धरान उप महानगरपालिका १३ का २५ बर्षका सन्देश श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।












