![]()
राजविराज । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
शुक्रबार छुट्टाछुट्टै समयमा चार वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना भएको हो ।
क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकाको वडा नम्बर ८ स्थित रौनियार सेवा समितिमा, क्षेत्र नम्बर २ को राजविराज नगरपालिका वडा नम्बर ७ स्थित जिल्ला खेलकुद विकास समितिमा, क्षेत्र नम्बर ३ को शम्हुनाथ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, क्षेत्र नम्बर २ को राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परवीन, क्षेत्र नम्बर ४ को मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गरे ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । जसको उम्मेदवारी दर्ता माघ ६ गते हुँदैछ ।












