ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी


सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

Loading

राजविराज । सप्तरी जिल्लामा चार जना प्रतिनिधी सभा सदस्य पदका लागि १०५ जनाले उम्मेदबारी दिएका छन् । राजनीतिक दलसहित स्वतन्त्रले पनि उम्मेदबारी दिएका छन् ।

कतिपय भने दल परिवर्तन गरेर यस पटक उम्मेदबार बनेका छन् । यसअघिको निर्वाचनमा अन्य दलबाट चुनाव लडेकामध्ये आधा दर्जन व्यक्तिले यस पटक दल परिवर्तन गरी उम्मेदबारी दिएका छन् ।

यस पटक दल परिवर्तन गरी उम्मेदबारी दर्ता गराउनेमा उमेश कुमार यादव, रञ्जु झा (ठाकुर), सतिश सिंह, सिताराम साह, अनिस अन्सारी र अमरकान्त चौधरीले पार्टी परिवर्तन गरी उम्मेदबारी दिएका छन् ।

उमेश यादव यस पटक सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदबारी दिएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदबारी दिएका छन् ।

२०७९ सालको निर्वाचनमा उनी तत्कालिन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यको उम्मेदबार बनेका थिए । उनी प्रदेश क्षेत्र नम्बर २ को ख मा उम्मेदबार बनेका थिए । तर, जनमतका महेश प्रसाद यादवसँग पराजित भएका थिए ।

रञ्जु झा (ठाकुर) भने यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा थिइन् । सो पार्टीबाट उनी समानुपातिक उम्मेदबार रहेकी उनले पद पनि पाएकी थिइन् ।

यस पटक उनी नेपाल जनता पार्टीबाट प्रत्यक्ष उम्मेदबार बनेकी छन् । यो पार्टीबाट उनले क्षेत्र नम्बर २ मा उम्मेदबारी दिएकी छन् ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंह पनि यस पटक पार्टी परिवर्तन गरेका छन् । २०७९ को चुनावमा जनमत पार्टीबाट उम्मेदबार भई जितेका उनी यस पटक स्वाभिमान पार्टीको उम्मेदबार बनेका छन् ।

सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर २ को क बाट जितेर मुख्यमन्त्रीसम्म बनेका उनी जनमत पार्टीमा भएको खटपटपछि पार्टी परित्याग गर्दै आफ्‌नै पार्टी खोलेर चुनावी मैदानमा आएका छन् ।

गत सोमबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका उनी प्रतिनिधी सभा सदस्य पदका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदबारी दिएका छन् ।

नेपाली कांग्रेस परित्याग गरी सिताराम साह यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदबार बनेका छन् । नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ४ का सभापति रहेका उनी यसअघि खडक नगरपालिकाको मेयर र प्रदेश सभा सदस्य पदको उम्मेदबार कांग्रेसबाटै बनेका थिए ।

दुबै पदमा पराजित भएका उनी यस पटक कांग्रेस परित्याग गर्दै सप्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदबारी दिएका हुन् ।

निर्वाचन पिच्छे दल परिवर्तन गरिरहने सप्तरीका अर्का व्यक्ति हुन अनिस अन्सारी । २०७९ को चुनावमा जनमत पार्टीबाट प्रतिनिधी सभाको उम्मेदबार बनेका उनी यस पटक राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदबार बनेका छन् ।

२०७९ को चुनावमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदबार रहेका उनी यस पटक क्षेत्र नम्बर २ बाट उम्मेदबार बनेका छन् ।

जनमतअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेदबार बनेका थिए ।

यस पटकको चुनावमा पार्टी परिवर्तन गर्ने अर्को व्यक्ति हुन अमरकान्त चौधरी ।

२०७९ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयर पदका उम्मेदबार बनेका थिए उनी । जिल्लाको डाक्नेश्वरी नगरपालिकाका मेयरको उम्मेदबार बनेर पराजित भएका चौधरी यस पटक प्रतिनिधी सभा सदस्य पदको उम्मेदबार बनेका छन् दल परिवर्तन गरेर ।

उनी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट सप्तरी क्षेत्र नम्बर ३ मा उम्मेदबारी दिएका छन् ।

पिता चन्द्रकान्त चौधरीको कृयामा बसेकै अवस्थामा उनले उम्मेदबारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

Next Post

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.