![]()
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन मंगलबार सप्तरी जिल्लामा आउने भएका छन्। उनको यस भ्रमणलाई पार्टी संगठन विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
सप्तरी आगमनका क्रममा बालेनले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका पार्टी कार्यालयहरूमा पुगेर औपचारिक रूपमा घण्टी बजाउने कार्यक्रम तय भएको छ। रास्वपाका नेता खगेन्द्र कर्णका अनुसार यो कार्यक्रम पार्टीको गतिविधिलाई थप सक्रिय बनाउने र स्थानीय संगठनलाई सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।
सप्तरीमा बालेनको आगमनले जिल्लाको राजनीतिक माहोल थप तातिने अनुमान गरिएको छ।












