![]()
राजविराज । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गरिने बताएका छन् ।
सप्तरीको विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीको घोषणा पत्र नभई संकल्प पत्र तयार हुने बताए । ‘हामी घोषणा होइन संकल्प गर्छौ’ उनले भने, ‘गरिएका हरेक संकल्प पूरा गर्छौं ।’
जितेपछि हामी नहराउने उनले बताए । ‘जसरी चुनावमा खटिरहेका छौ त्यसरी नै खट्छौ’ उनले भने, ‘हरेक महिना याेजना बनाएर काम गर्छौ ।’
उनले कसैलाई अन्याय हुन नदिने र गलत मान्छेलाई प्रश्रय नदिने समेत प्रतिबद्धता जनाए ।
उनले देश्को विकासका लागि ७ बर्षदेखि योजना बनाउने काम गरेको उल्लेख गरे ।
सभापति थापा सप्तरीको क्षेत्र नम्बर १ अन्तर्गत कंचनरुप नगरपालिका, क्षेत्र नम्बर ३ अन्तर्गत शम्भुनाथ नगरपालिका र क्षेत्र नम्बर ४ अन्तर्गत सुरुङा नगरपालिकामा कार्यकर्ता भेटघाट गरेका हुन् ।












