![]()
राजविराज । सप्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लीन स्वीप गरेको छ । जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा यो पार्टीले जितेको छ ।
क्षेत्र नम्बर १ मा पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रामजी यादव, क्षेत्र नम्बर ३ मा अममरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सिताराम साह निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ मा पुष्पा २८ हजार १९५ मत ल्याई निर्वाचित भएकी छन् । स्वाभिमान पार्टीका सुमित कुमार सात हजार ८४७ मत ल्याएर दोस्रो हुँदा नेकपा एमालेका सुमनराज प्याकुरेलले सात हजार ६५२ र नेपाली कांग्रेसका रामदेव साहले ६ हजार ९९४ मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ मा रामजी २८ हजार ४०४ मत ल्याएर निर्वाचित भएका छन् । जसपा नेपालका उमेश यादवले १४ हजार २६३ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नौ हजार ८८० मत प्राप्त गरे ।
क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी ३२ हजार ८७५ मत ल्याएर निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याएर दोस्रो भए भने नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ४ मा निर्वाचित सीताराम साहले ३६ हजार ४१२ मत प्राप्त गरेक ाछन् ।
यो क्षेत्रबाट लगातार तीन पटक जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरीलाई पराजीत गर्दै साहले जितेका हुन् । चौधरी दोस्रो भएका छन् । चौधरीले १३ हजार १०३ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी बबी सिंह यादवले १० हजार २८० मत प्राप्त गरेकी छन् ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले तीन वटा क्षेत्रमा विजयी हासिल गरेको थियो ।












