ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?


सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

Loading

राजविराज । सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न भएको छ । आईतबार आयोजित एक कार्यक्रमकाबीच सभाको आयोजना गरिएको हो ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र र कन्या छात्रावासलाई सञ्चालनमा ल्याउन पहल गरिनेसहितका नीति तथा कार्यक्रम ल्याइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समृद्ध सप्तरी, सुखी सप्तरीबासी निर्माणका लागि सबै गाउँपालिका/नगरपालिकाहरु र संघीय सरकार तथा प्रादेशिक सरकारका कार्यालयहरुलाई मार्गदर्शन हुने गरी नीति अबलम्बन गरिएको बताए ।

जिल्लामा संघीय तथा प्रादेशिक सरकारी कार्यालयहरु र स्थानीय तहहरुबीच योजना तर्जुमा प्रकृया देखि कार्यान्वयन सम्मका चरणहरुमा समन्वय गरी विकासलाई सन्तुलित, समावेशी, दिगो र जनमैत्री बनाइने, जिल्ला समन्वय समितिबाट नियमितरुपमा हुने योजनाहरुको अनुगमन कार्यलाई अझ वस्तुगत र प्रभावकारी बनाउन निर्माण कार्य प्रारम्भ भएदेखि नै अनुगमन गरी अनुगमन प्रतिवेदनले औल्याएका विषयवस्तुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराइने, जिल्लामा निर्माणाधीन सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायहरु संग आवश्यक समन्वय गरिने र रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन संघीय सरकार समक्ष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि उत्पादनमा वृद्धि र बजारीकरण र आधुनिक सिंचाइ प्रणलीको विकासका लागि संघीय तथा प्रादेशिक सरकारी कार्यालयहरु र गाउँपालिका तथा नगरपालिकाहरुसँग आवश्यक सहकार्य गरिने, जिल्लाको गरिबी रेखामुनि रहेका जनसंख्या घटाई मानव विकास सूचकांकमा सुधार ल्याउन प्रदेश तथा स्थानीय तहहरुसँग पहल गरिने, छिन्नमस्ता गाउँपालिकाको सखडा बोर्डर क्षेत्रमा छेटी भन्सार कार्यालय स्थापनाका लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा छ ।

लागूऔषध दुर्व्यसन तथा मादक पदार्थ सेवनमा दिनानुदिन वृद्धि भई विभिन्न घटनाहरु भईरहेकोले सोको नियन्त्रणका लागि सरकोकारवाला निकायहरुसंग समन्वय गरिने, साक्षरता अभिवृद्धि गरी निरक्षरता पूर्णरूपमा अन्त्य गर्न प्रदेश तथा स्थानीय तहहरुलाई आवश्यक कार्यक्रम तर्जुमा गर्न पहल गरिने, सबै स्थानीय तहभित्र कम्तीमा १ सुविधा सम्पन्न ध्यान केन्द्र स्थापना गरी उपयोगमा ल्याउन समन्वय गरिने उल्लेख छ ।

स्थानीय कलाकार, साहित्यकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिने, गाजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र र कन्या छात्रावासलाई सञ्चालनमा ल्याउन संघ तवा प्रदेश सरकार र सरोकारवाला निकायहरुसंग आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा छ ।

छिन्नमस्ता शक्तिपिठ, कंकालिनीमन्दिर, शम्भुनाथ मन्दिर, राजदेवी मन्दिर, भगवती मन्दिर, डाक्नेश्वरी मन्दिर, विष्णु मन्दिर, गिद्धखोर, कृष्णाराम मरौटी र लोहजाराको भेडिया मठ मन्दिर क्षेत्रको दिर्घकालीन पर्यटन गुरुयोजना तयार गरी तदनुरुपका कार्यक्रम अघि बढाउन आवश्यक पहल गरिने, संघीय तथा प्रादेशिक सरकारी कार्यालयहरु र स्थानीय तहका कार्यालयहरुलाई पूर्णरुपमा विचौलियामुक्त र भ्रष्टाचारमुक्त गरी सुशासन स्थापना गरिने उल्लेख छ ।

चालू आ.ब. २०८२/८३ मा पूँजीगततर्फ गत विगतका बर्षहरुबाट अल्या भई रकम रु एक करोड ४५ लाख ९३ हजार ९७४ र चालूतर्फ रु एक करोड ६४ लाख ६२ हजार प्राप्त भएको उनले जानकारी गराए ।

कार्यक्रमका प्रम्‌ुख अतिथी प्रतिनिधी सभा सदस्य सीताराम साहले जिल्लाको समस्या समाधान र विकासका लागि आफूले प्रधानमन्त्रीलाई अवगत गराएको बताए । प्रधानमन्त्री बालेन्द्र शाहसँग हालै भएको भेटमा अवगत गराएको र प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए ।

जनताको म्यान्डेड अनुसार सुशासनको अनुभूति हुनुपर्नेमा जोड् दिदैं उनले त्यसका लागि सबैले आ–आफ्‌नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

उक्त अवसरमा प्रदेश सभा सदस्यहरु गोबिन्दबहादुर न्यौपाने, अनिरुद्ध सिंह यादव र सकील अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, राजविराज नगरपालिका कावा प्रमुख इसरत परबिन, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

Next Post

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.