ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनकपुरका मेयर लालकिशोर सरकारी ढुकुटीमा रजगज : तर १० वर्षदेखि तिरेनन् घर धाराको महसुल


जनकपुरका मेयर लालकिशोर सरकारी ढुकुटीमा रजगज : तर १० वर्षदेखि तिरेनन् घर धाराको महसुल

Loading

आसन्न चुनाव नजिकिँदै गर्दा दैनिक जसो जनकपुरधामक मेयर लालकिशोर साह सहभागी भएका कार्यक्रमको तस्बीर आफ्ने समाजिक सञ्जाल फेसबुकको भित्तामा पोस्टिन्छन् । फेरि मेयर लड्ने तयारीमा रहेका साह आफूले गरेका सामाजिक तथा पार्टीगत गतिविधि धेरै जनता सामु पुर्याउन फेसबुकलाई पैसा तिरेर हरेक पोस्टलाई ‘स्पोनसर्ड’ गर्छन् ।

२०७४ सालको चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट मेयरमा निर्वाचित भए यता सरकारी सेवासुविधामा मेयर साह र उनको घरपरिवारको जीवन शैली अप्रत्यासित रुपमा फेरिएको छ । घरको डेकोरेशन, लुवाई खुवाई, चालढाल, रहसनसहन राजारजौटेको ठाँटको झझको दिन्छ । तर जनताले तिरेको एक–एक पैसा करबाट चलेको सरकारी ढुकुटीबाट सेवासुविधा र अनियमिततामा रमाउने मेयर साह १० वर्ष भन्दा बढी समयदेखि आफ्नो घरमा उपभोग गरेको खानेपानपीको महसुल भने तिरेका छैनन् ।

पदमा पुगेपछि सरकारी ढुकुटीबाट डेढ करोडको चिल्लो गाडी किनेर चढ्ने तथा आफ्नो कार्यकक्षको शौचालयमा एसी लगाउने मेयर साहले बास्तवमै १० वर्षभन्दा बढीसमयदेखि खानेपानीको महसुल नतिरेको तथ्य फेला परेको हो ।

टुडेपाटीका सम्पादक समेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्तिले जनकपुरधाम स्थित नेपाल खानेपानी संस्थान कार्यालयबाट सूचनाको हक प्रयोग गरी मागेको विवरणमा मेयर साहले १० वर्ष बढी समयदेखि विद्युत महसुल नतिरेको उल्लेख छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा रहेको उनको घरमा जडान गरिएको खानेपानीको धाराको महसुल गत चैत मसान्तसम्म १ लाख ४६ हजार रुपैयाँ महसुल बाँकी रहेको छ । धारा मेयर लालकिशोर प्रसाद साहकै नाममा जडान छ ।

खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दागर्दै थाकिसकेको छ । तर मेयर साहले पदको आडमा टेरेका छैनन् । डरले संस्थानका कर्मचारी पनि उनको धाराको लाइन काट्ने हिम्मत गर्न सकेका छैनन् ।

उल्टै धाराको महसुल छुट गर्न कर्मचारीलाई धमास दिने गरेको पनि कार्यालयले जनाएको छ । मेयरका घरपरिवारका सदस्य पटक–पटक संस्थानका कर्मचारीलाई दबाब दिँदै आएको एक कर्मचारीले बताए ।

‘खानेपानीको महसुल बुझाउन वर्षमा पटक पटक ताकेता गर्दा मेयर साहले कुनै वास्ता गर्नुभएको छैन । उल्टै उहाँको परिवारका सदस्य आएर महसुल तिर्दैनौं । जसरी पनि छुट गर्नु पर्छ भन्दै दबाब दिँदै आएका छन् ’ ती कर्मचारीले नाम उल्लेख नगर्ने सत्र्तमा भने ।
त्यति मात्र होइन मेयर साहकै आफन्त पर्ने वडा नं. ८ मै घर भएका दिलीप साहकी श्रीमती विना साहको नाममा रहेको धाराको महसुल पनि वर्षौदेखि नतिरेको पाइएको छ । बिनादेवी साहको नाममा ९५ हजार ७३४ रुपैयाँ खानेपानीको महसुल बाँकी रहेको छ । मेरको आफन्त भनेर उनीहरुले तिर्न नमानेर महसुल छुट गर्न दबाब दिने गरेको कार्यालयका ती कर्मचारीले बताए ।

हुन त वीरगञ्ज स्थित खनेपानी संस्थानले खानेपानीको महसुल नतिरेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको धाराको लााइन काटेका थियो । तर जनकपुर संस्थानका कर्मचारीले त्यस्तो आँट देखाएका छैनन् ।

फेरि जसपाबाट मेयर लड्ने तयारीमा रहेका साहलाई उम्मेदवारी दर्ता गराउनु अघि सो महसुल तिर्नैपर्ने बाध्यता छ । ११ गते भित्र उनले मेयर पदबाट राजिनामाको साथै बाँकी बँक्यौत सरकारी महसुल, बेरुजु तिर्नुपर्ने निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको मापदण्डमा उल्लेख छ ।

यसले मेयर साह जस्तै अन्य पनि जनकपुरका प्रतिष्ठित व्यक्तिहरु वर्षौदेखिको बाँकी खानेपानीको महसुल तिर्न मानेका छैनन् । जकपुरकै अर्का प्रतिष्ठित व्यक्ति ं तमलोपाका नेता डा. विजय सिंहमाथि पनि दुईवटा खानेपानी धाराको झण्डै २ लाख रुपैयाँ महसुल बाँकी रहेको छ । डा. सिंहको जनकपुरधाम उपहानगरपालिका वडा नं. १० मा छुट्टा छुट्टै दुई ठाउँमा रहेको घरमा धारा जडान छ । उनकै परिवारका सदस्य निर्मला सिंहको नाममा रहेको खनेपानी धाराको १ लाख ४ हजार ११९ रुपैयाँ र राजकुमारी सिंहको नाममा रहेको खानेपनी धाराको ७७ हजार ८८४ रुपैयाँ महसुल बाँकी रहेको विवरणमा उल्लेख छ । डा. सिंह संविधानसभा सदस्य हुन् ।

त्यस्तै रघुपति मिष्ठान भण्डारले खरिद गरेको दुईवटा घरको धाराको १ लाख ६० हजार भन्दा बढी रकम बाँकी रहेको छ । खैरुन खातुनको नाममा रहेको धाराको ८४ हजार ८८० रुपैयाँ र लक्ष्मी देवीको नाममा रहेको धाराको ८४ हजार ९४६ रुपैयाँ महसुल बाँकी रहेको विवरणमा उल्लेख छ ।

जनकपुरधाममा झण्डै साढे ४ हजार घर तथा संघसंस्थामा खानेपानीको धारा जडान छ । कार्यालयका अनुसार अहिले पनि ३ करोड रुपैयाँ भन्दा बढी खानेपानीको महसुल असुल उपर गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालकोटमा एमाले सचिवालय बैठक जारी

Next Post

निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.