मधेश सम्वाददाता
जनकपुरधाम, ७ बैशाख ।
सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । यो निर्णयको भत्र्सना गर्दै कांग्रेसको जनकपुरधाम समितिले अबिलम्ब सच्याउन माग गरेको छ ।
मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ’ नगर समिति सभापति मनोज साहले भने, ‘जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याइए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’
उनले यहाँ जसपालाई कुनै हालतमा मेयर दिन नसकिने भन्दै पार्टी आफैं लड्न सक्षम रहेको बताए ।
उनले यसबारेमा बिहीबार विशेष नेताहरुको बैठक बसाई सुझाव र सल्लाह लिदैं अघि बढ्ने बताए ।