ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी


सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी

Loading

सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुखका लागि उम्मेदबारी दिएका चार जनाबिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

प्रमुख पदमा उम्मेदबारी दिएका जनता समाजवादी पार्टी (जसपा) का मेयर आतेश कुमार सिंह यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अमरेन्द्र यादव, नेकपा एमालेका अनोज कुमार यादव र नेकपा माओवादी केन्द्रका मो. इस्लामबिरुद्ध उजुरी परेको हो । आतेश निवर्तमान प्रमुख पनि हुन् ।

आतेशले २०७४ सालको चुनावमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुँदा निर्वाचन खर्च नबुझाएको, नगर प्रमुखको पदमा रही आफू जिम्मा रहेको सामान फछ्र्यौट नगरेको र ज्यालादारी कर्मचारीको तलव भत्ता बेरुजु फर्छ्योट नगरेको उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै, अमरेन्द्रले २०७४ सालको चुनावमा तमलोपाबाट उम्मेदबार हुँदा निर्वाचन खर्चको आयव्यय नबुझाएको र अनोजले २०७४ को निर्वाचनमा तत्कालिन तमलोपाबाट वडा नम्बर ३ को अध्यक्ष पदमा निर्वाचित भई निर्वाचन खर्च विवरण आयोगमा नबुझाएको उजुरीमा जनाइएको छ ।

इस्लामले २०७४ सालको निर्वाचनमा तत्कालिन बहुजन समाजवादी पार्टीबाट प्रतिस्पर्धा गर्दा र २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ४ को एमालेबाट सभासद पदबाट उम्मेदबार बन्दा पनि खर्च विवरण निर्वाचन आयोगमा नबुझाएको बालेश्वर यादवले दिएको उजुरीमा उल्लेख छ ।

यस्तै, वडा नम्बर १० मा वडा अध्यक्षको उम्मेदबार बनेका सुनित कुमार यादवले नगरपालिकाबाट पाएको मोटरसाइकल फिर्ता नगरेको भन्दै मोलाकान्त यादवले उजुरी दिएका छन् । उनले प्रयोग गर्दै आएको स.१ ब. ९०५६ नम्बरको मोटरसाइकल घरबाट हराएको भन्दै आठौं नगरसभाबाट जिन्सी मिनाहा गरेको निणर्य गरेको छ ।

वडा नम्बर ४ मा वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका किरण कुमार साह भने अवैद्य रक्तचन्दन काठ ओसारपसार मुद्दामा २०७२ साल चैत ८ गते अदालतले दोषी ठहर गरेको भन्दै सोही वडाका देबेन्द्र कुमार चौधरीले उम्मेदबारी खारजेको माग गर्दै उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

Next Post

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कांग्रेस सह सचिवको एमालेबाट उम्मेदबारी, वडा सभापतिले दिए राजिनामा

जेठदेखि दुई दिन विदा हुने

खडकमा प्रमुखसहित पाँच जनाको उम्मेदबारी रद्द

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.