१४ बैशाख, जनकपुरधाम । नेपाली कांग्रेसको राजविराज नगर समितिका सह सचिव सुनिल परियार नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका छन् ।
शुरुदेखि नै वडा नम्बर ७ को अध्यक्ष पदका आकांक्षी रहेका परियारलाई अन्तिम समयमा टिकट नदिएपछि उनी नेकपा एमालेबाट उम्मेदबारी दिएका छन् । ‘शुरुदेखि नै तयारी गरेका थियौं, नेताहरुले पनि टिकट दिने बताइसकेका थिए’ उनले भने, ‘तर अन्तिम समयमा टिकट नदिएपछि महिनौंदेखि गरिएको तयारीलाई पूर्ण रुप दिन अर्काै पार्टीबाट उम्मेदबार भएका हौं ।’
उनले अन्तिम समयमा आएर पार्टीका नेताले नवआगन्तुकलाई टिकट दिएको बताए ।
नेतृत्वले यो वडामा मनोमानी गरेको भन्दै कांग्रेसका वडा सभापति मनोज दासले राजिनामा नै दिएका छन् ।
वडामा क्रियाशिल रुपम काम गर्दै आएका कार्यकर्तालाई पाखा लगाएर कुनै जनसमर्थन नै रहेका व्यक्तिसँग रकम लिएर नेताहरुले टिकट दिएपछि राजिनामा दिएको हुँ’ उनले भने, ‘बुथ समितिको कुनै निर्णय नै लागू हुन नदिने, सधैं निरुत्साहित मात्रै गरिरहने भएपछि पार्टीमा बस्न मन लागेन् ।’