सरकारले आगामी जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ ।
हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।