मधेश सम्वाददाता
जनकपुरधाम, ७ बैशाख ।
धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ बर्षका ती युवकको शव फेला परेको हो । युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
मृतकको पहिचान खुल्न सकेको छैन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यसबारेमा अन्य अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।