ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम 


इन्धनको सट्टा नगद नै प्रदान गरिने

Loading

राजविराज । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ करोड विनियोजन रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु. ४९ अर्ब ९४ करोड व्यहोर्दा रु. ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट ल्याएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १२.८ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब २२ करोड रुपैया र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ थियो ।

त्यस्तै तत्कालित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका थिए ।

फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुसाशन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुने छ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताए । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरि बजेट आएको उनले बताए ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सार्वजनिक स्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

Next Post

साना करदातालाई सुविधा : चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
इन्धनको सट्टा नगद नै प्रदान गरिने

साना करदातालाई सुविधा : चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

राजविराज : लिभिंग टुगेदरमा रहेका प्रेमीले यसरी मारे एकल महिला प्रेमिकालाई

राजविराज : लिभिंग टुगेदरमा रहेका प्रेमीले यसरी मारे एकल महिला प्रेमिकालाई

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको छु ः सिके राउत

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.