ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पालिका प्रमुखहरुले भने, ‘नदी, खोलामा बालुवाको सतह धेरै माथि आयाे, झिक्नुपर्यो’


पालिका प्रमुखहरुले भने, ‘नदी, खोलामा बालुवाको सतह धेरै माथि आयाे, झिक्नुपर्यो’

Loading

राजविराज । सप्तरीका पालिका प्रमुखहरुले नदी, खोलामा बालुवाको सतह धेरै माथि आएका कारण बाढीकाे समस्या देखापरेको बताएका छन् । उनीहरूले नदी र खाेलाबाट बालुवा उत्खनन गरिनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित विपद सम्बन्धी बैठकमा बोल्दै पालिका प्रमुखहरुले यस्तो जोड दिएका हुन ।
बैठकमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले नदीहरुमा बालुवाकाे सतह धेरै माथि आइसकेको बताए । उनले बालुवा माथि आउँदा सामान्य बर्षामा पनि महुली खोलाको पुल हुँदै पानी बग्ने गरेको बताए । यो खोलाको पानी बस्तीमा छिरिरहेको उनले बताए ।
यसअघि महुली खोलाबाट बालुवा झिक्ने निर्णय भएपनी कार्यान्वयन नभएको उनले बताए । ‘हामीले बालुवा झिक्न २ वटा ट्याक्टर पठाउदा प्रहरीले समातयो’ उनले भने, ‘५/५ हजार जरिवाना तिराएर छडियो ।’
सिंचाइ कार्यालयका प्राविधिकले ५० मिटर बालुवा निकाल्न सुझाव दिएपनी कार्यान्वयन नगर्दा आमाया भएको उनले सुनाए । याे बालुवा झिकेर विपतमा पनि काम गर्न सकिने उनको भनाई छ।

सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण ढकालले
गंगाजलीसहितका बालुवा थुप्रिएर खोलाको पानी बस्तीमा पस्न थालेको बताए । सम्बन्धित निकायले बालुवा झिक्न सुझाव दिएपनि निकाल्न अनुमति नदिंदा बस्ती डुबानमा परिरहेको उनलेे बताए ।
कंचनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले पालिकाभित्रको पौडाहा, सुन्दरीजस्ता खोला नदीमा बालुवाको सतह बढिसकेको बताए । उनले बालुवा ननिकाले बाढीको चपेटामा पर्न सक्ने बताए ।
बैठकमा बालुवा ननिकाल्दा डुबान हुने देखिएमा स्थानीय विपद् व्यवस्थापन समितिबाट ढुँगा, बालुवा, गिट्टी उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम रही इआए/आइइ गरि स्थानीय विपद व्यवस्थापन समितिमा साेही व्यहाेरा खुलाई निर्णय गराई जिल्ला विपद ब्यबस्थापन समितिमा सिफारिस गरि निर्णयको लागि पठाउने निर्णय भएको छ ।
ठेकेदारले काम नगरेको गुनासो
पालिका प्रमुखहरूले सडक निर्माणदेखि खोला, नदीमा काम गर्ने जिम्मा लिएका ठेकेदारले समयमा काम नगरिदिदा समस्या भोग्नुपरेको सुनाए ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मुखियाले ठेकेदारले समयमा काम नगरिदिदा समस्या भएको बताए । समयमा काम नहुदा बाटोमा हिड्न मुस्किल भैरहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले आफ्नो पालिका जिल्लामै बढी बाढी जाने रहेकाे बताए । वडा नम्बर ३,४,५ र ७ बाढीकाे उच्च जाेखिममा रहेको बताउँदै उनले जीता र महुली खाेलामा सिंचाइ कार्यालयका प्रतिनिधिसङ अनुगमन गराउदा कुनै काम नगरिदिएको गुनासो गरे ।
बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेम्चन्द्र यादवले
बलान खाेलाकाे बाँध भत्केर ३०० घर डुबानमा परेको बताए ।
‘बाँध भत्किएपछि सिंचाइ कार्यालयले बोरा दिइरहेको छ । बालुवा भर्ने रकम दिइरहेको छैन’ उनले भने, ‘फोटो खिचाउन धेरै आएपनि आफूसँग कुनै सहकार्य गरिएन ।’
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्ययानन्द चौधरीले १८ पालिका प्रमुख र सिडिओसङ बैठक बसेर मलखाध पारदर्शी गर्न सहमति भएपनि कार्यान्वयन नभएको बताए ।
उनले रुपनी न्यौर सडक निर्माण गर्ने ठेकेदारले अहिलेसम्म कामबारे कुनै जानकारी नगराएको र होडिङ बोर्ड समेत नराखेको बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले विपदकाे सवालमा सबै सराेकारबालालाई सकृय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बिष्णुपुरका अध्यक्ष पदबाट उमेश निलम्बित, गाउँपालिकालाई गराइयो जानकारी 

Next Post

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : कारको ठक्करले एकको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.