राजविराज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा बसेर आफुले दुई दिन पेडा बनाएको बताएका छन् ।
अध्यक्ष ओलीले सामाजिक संजाल मार्फत उक्त कुरा बताएका हुन । सिरहामा पार्टीको सचिवालय बैठक सकाएर विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगेको उनले बताएका छन् । ‘सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो’ पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक संजालमा लेखेका छन् यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’