ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने


सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

Loading

राजविराज । सप्तरी प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा कार्य योजना बनाएको छ । दशैं, दीपावली तथा छठ पवैलाई मध्यनजर गर्दै विशेष सुरक्षा कार्ययोजना बनाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गजुसिद्दि बज्राचार्यले कुनै पनि अपराधिक घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने गरी प्रहरी परिचालन गर्ने किसिमले सुरक्षा योजना बनाइएको बताए । त्यसका निम्ति जिल्लामा पोशाकमा र बिना पोशाकका ६९० प्रहरी खटिने उनले बताए ।

चाडपर्वको समयमा सामाजिक अपराध, चोरी, बलात्कार, मानव बेचबिखन, जुवाजन्य खेलहरु, पिक पकेटिङ, लुटपाट, मदिरा सेवन, कालोबजारी लगायतका घट्नामा वृद्धि हुने हुँदा समुचित ढँगले प्रहरी परिचालन गरिने उनले बताए ।

अपराध नियन्त्रणका लागि पैदल, साइकल, मोटरसाइकल, पेट्रोलिंग गाडी, पिकेट, क्यूआरटी, एम्बुस परिचालन गरिने र प्रमुख चोकहरुमा चेकिङको व्यवस्था मिलाइनेछ । रिजर्भ टोली, स्टेण्डबाई टोली र कमाण्ड पोष्टको व्यवस्था गरी २४ औं घण्टा सुरक्षा व्यवस्था मिलाइनेछ ।

यस्तै, सिमानाकामा कडाई, यात्रु सहायता कक्षको स्थापना गरी यात्रुसँग बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलाई कार्वाही गर्ने योजना प्रहरीले बनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार जिल्लाभरि रहेका सबै प्रहरी युनिटले अन्य सुरक्षा निकायसँग समन्वय गरी सबारी व्यवस्थापन, आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा, मदिरा नियन्त्रण, मेला पर्व तथा विशेष धार्मिक स्थलको सुरक्षा, सीमावर्ती अपराध तथा भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्ने, यात्रु सहायता कक्ष निर्माण गर्ने, झैं–झगडा, जुवातास, मापसे नियन्त्रण, सहकार्य र समन्वय गर्ने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

Next Post

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.