राजविराज । नेपाल विद्यार्थी संघ (नेविसंघ), सप्तरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रातिको ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण मागेको छ ।
आईतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्रलाई ज्ञापन बुझाउँदै नेविसंघले अस्पतालकाे गाइनाे वार्डमा समेत चिकित्सक रातिको समयमा चिकित्सक नरहनुको कारण मागेको हो ।
ज्ञापनमा अस्पतालका चिकित्सक सरकारले ताेकेकाे समय बिहान १० बजेदेखि २ बजेसम्म बस्नुपर्नेमा नबसी नीजि क्लिनिकमा बस्दै आएकाले यसलाई सुधार गर्न माग गरिएको छ ।
सामाजिक सुरक्षा सम्बन्धि ३ महिनाको सम्पुर्ण जानकारी गराईदिन र दैनिक ज्यालादारी कर्मचारीको तथ्यांक उपलब्ध गराउन माग गरिएको छ ।
चिकित्सक ड्युटीमा नबस्ने गरेको कारण सहित जानकारी ३ दिनभित्र उपलब्ध गराउन माग गरिएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ज्ञापन बुझाएको हाे । माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।