ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

Loading

राजविराज । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै मंगलबार विशाल प्रदर्शन गरिएको छ ।
सप्तरी युथ नेपालको अगुवाईमा राजविराज नगरपालिकामा गरिएको प्रदर्शनमा यहाँका जनप्रतिनिधी, विद्यार्थी र युवाले स्वतस्फूर्त सहभागिता जनाएका छन् ।
सप्तरी युथ नेपालले एक सातासम्म प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षर संकलन गरेको छ । १० हजार हस्ताक्षर संकलन भएपछि मंगलबार बिहान हस्ताक्षरसहित प्रदर्शन गरिएको छ ।
स्थानीय पानी ट्यांकी चोकबाट निकालिएको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले जिल्लाका राजनीतिक दलका नेता एवं संघीय तथा प्रदेश जनप्रतिनिधीले यसतर्फ कुनै चासो नदेखाएको भन्दै रोष प्रकट गरे ।
बक्ताहरुले बनेको संरचनामा राजनीति गर्न खोज्ने र सरकारले नै घोषणा गरी शिलान्यास गरेको संरचना अगाडि बढाउन कुन ध्यान नदिने यहाँका जनप्रतिनिधी र राजनीतिज्ञलाई जनताले बाइपास गर्न सक्ने चेतावनी दिए ।
कोणसभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिनले नेपाल सरकारका प्रधानमन्त्रीले शिलान्यास गरिसकेको संरचना निर्माणतर्फ अघि नबढ्नु दुःखद रहेको बताइन् । उनले युवाहरु अघि बढिसकेको र सरकारले समयमै ध्यान नदिए ठूलो आन्दोलन हुन सक्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
कोणसभामा राजविराज नगरपालिकाका प्रबत्तःा समेत रहेका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण यादव, वडा नम्बर ७ का अध्यक्ष सुभाष यादव, जसपाका युवा नेता नवनीत झा, मविव क्याम्पसका स्वबियू सभापति रंजित यादव, सप्तरी युृथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवसहितकाले बोलेका थिए ।
सप्तरी युथ नपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको कोणसभाको संचालन अनिल यादवले गरेका थिए ।
मंगलबारको प्रदर्शनमा मिसन कलेज, युनिभर्सल, पाराडाइज, छिन्नमस्ता, उदयपुर टेक्निकल, सरस्वती एकेडेमी, पिसजनका विद्यार्थीले स्वतस्फूर्त रुपमा सहभागिता जनाएका छन् ।
२०७८ साल असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, प्रतिष्ठान निर्माणको काम अघि बढ्न नसक्दा युवा आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

Next Post

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराजमा भेटियो वेवारिसे शव

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.