राजविराज । सप्तरीमा प्रत्येक महिनाको एक पटक बजार अनुगमन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सम्बन्धित निकायको बैठकले दैनिक उपभोग्य सामग्रीसहित औषधि, होटल, रेस्टुरेन्ट, नयाँ दर्ता र नवीकरणसहितको अनुगमन गर्ने निर्णय गरिएको छ । हरेक पालिकामा महिनाको एक पटक अनुगमन गर्ने निर्णय भएको हो ।
खाद्यान्न, फलफूल, तरकारी, विषादी, मल र त्यस्तै प्रकृतिका अन्य वस्तुको अनुगमन गर्दा कृषि ज्ञान केन्द्रले नेतृत्व लिने र टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
प्रसोधित खाद्य वस्तु/होटेल रेस्टुरेन्ट मिठाइ पसल र त्यस्तै प्रकृतिका अन्यको अनुगमन गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नेतृत्व लिनेछ भने टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
माछा, मासु, पशुपंक्षीजन्य, पोल्ट्री फर्म तथा त्यस्तै प्रकृतिका वस्तुको अनुगमन गर्दा भेटेनरी अस्पताल एवं पशु सेवा केन्द्रले नेतृत्व लिने र यो टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
नयाँ पसल व्यवसाय दर्ता र नवीकरण सम्बन्धी अनुगमन गर्दा घरेलु तथा साना उद्योग कार्यालय्ले नेतृत्व लिने र टोलीमा जिल्ला प्रहरी, करदाता सेवा कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
ढक, तराजु, सुन चादी र पेट्रोल पम्पको अनुगमनको नेतृत्व गुणस्तरीय नापतौल कार्यालयले गर्नेक्स्ह्ह भने टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
औषधि व्यवस्था र स्वास्थ कार्यालयको नेतृत्वमा औषधि पसल, क्लिनिक, नर्सिङ होम र त्यस्तै प्रकारका अन्यको अनुगमन गरिनेछ । यो टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
यस्तै, मदिरा तथा मदिराजन्य उद्योग, पसल र त्यस्तै प्रकारका अन्य्को अनुगमनको नेतृत्व करदाता सेवा कार्यालयले गर्नेछ । यो टोलीमा यो टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
बैठकमा दशै, तिहारजस्ता चाड्पर्वमा आवश्यकता अनुसार थप अनुगमन गर्ने निर्णय भएको प्रमु जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।