ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

Loading

राजविराज । राजविराज नगरपालिकामा देखिएको विवाद समाधान भएको छ । नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद्का कारण पछिल्लो तीन सातादेखि कामकाज अवरुद्ध थियो ।

नगरपालिकाका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरुङलाई फागुन १ गतेदेखि कामकाज नगर्न निर्णय गरेको थियो । त्यसकाविरुद्द गुरुङ उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट दिएका थिए ।

अदालतले शुरुमा अल्पकालीन र १० फागुनमा अन्तरिम आदेश दिदै गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न भनेको थियो ।

अदालतले आदेश दिएपनी गुरुङको कार्यकक्षमा ताला लाग्दा उनी बाहिरै बसेर कामकाज गरिरहेका थिए । बुधबार उनको कार्यकक्षको ताला खुलेको छ । र, नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन तथा गुरुङबीच एक अर्कासङ समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

कार्यवाहक मेयर परवीनले गुरुङलाई कामकाज गर्न हिजो पनि अवरोध नगरेको र अब पनि नगर्ने बताएकि छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक बैठकमा परवीनले अवरोध नगर्ने र गुरुङले पनि समन्वय, सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

परवीनले आफू कानुनभन्दा बाहिरको कुनै काम गर्न कहिले पनि दवाव नदिएको बताइन । ‘कानुन अनुसार मिल्ने काम मात्रै गर्नुस भनेर भन्दै आएकी छु’ उनले गुरुङलाई भनिन् ‘कानुन विपरीतका कामको फाइल आए डस्टबिनमा फालिदिनुस ।’

गुरुङले अब नगरपालिकाको योजना, बजेट र कार्यक्रमलाई सहज तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरे ।

बैठकमा प्रमुख जिल्ला अधिकारी किरण थापाले नगरको विकासका लागि दुबैलाई मिलेर कामकाज गर्नुपर्ने बताए ।

उनले मिलेर काम गरे आफूहरूले पनि सहयाेग गर्ने बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी थापा, कार्यवाहक मेयर परवीन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, एसपी गजुसिद्दी बज्राचार्य, अनुसन्धानका एसपी सुरेन्द्र कोइराला, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, उद्योग बाणिज्य संघका महासचिव अमृत सन्चेतीसहितकाे उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.