ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

Loading

राजविराज । जन्ती जाँदै गरेका दुई जना नेपाली युवकको भारतमा दुर्घटनामा परी ज्यान गएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बाट भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको लौकही बथनाहातर्फ जन्ती जाँदै गरेको अवस्थामा उनीहरु सबार गाडी सोमबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी छिन्नमस्ता ३ का २२ बर्षीय गोबिन्द सदा र १४ बर्षीय नितेश सदाको मृत्यु भएको छ ।

डिजे लोड भएको गाडीमा एक दर्जनभन्दा बढी युवा बसेका थिए । उक्त गाडी बथनाहा नजिकैको सडक छेउमा एक विद्युतिय पोलमा ठोक्किएर दुर्घटना हुँदा यी दुई युवकसहित एक भारतीयको पनि मृत्यु भएको छ । डिजेका अपरेटरको रुपमा कार्यरत गाडीमा सबार ती भारतीयको मृत्यु भएको हो ।

दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् । यसमध्ये चार जना नेपाली छन् । उनीहरुको भारतकै अस्पतालमा उपचार भइरहेको छिन्नमस्ता गाउँपालिकाका राजनीतिज्ञ जयप्रकाश यादवले जानकारी दिए ।

छिन्नमस्ता गाउँपालिका ३ का सुमन सदाको विवाहका लागि यहाँबाट भारततर्फ जन्ती गइरहेको थियो । मृतक नितेश भने बेहुला सुमनका फूफूका छोरा हुन् ।

मृतकमध्ये एक जनाको शव ल्याइसकिएको र अरुको ल्याउने प्रयास भइरहेको यादवले जानकारी दिए ।

एकै गाउँका दुई जनाको दुर्घटनामा परी मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको राजनीतिज्ञ यादवले बताए । ‘घट्ना भएको सूचना आएदेखि नै गाउँमा रुवाबासी चलेको छ’ उनले भने, ‘दुर्घटनाको प्रमुख कारण डिजे पनि हो । अत्यधिक साउण्ड दिएर चलाएपछि गाडी दुर्घटना भएको जानकारीमा आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
1
+1
6

Related

Previous Post

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

Next Post

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.