ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

Loading

राजविराज । सप्तरीका किसानले दूध बिक्री वापत पाउनुपर्ने रकम विगत ८ महिनादेखि नपाएको भन्दै माेही पिलाएर आन्दोलन गरेका छन् ।
दुग्ध उत्पादक सहकारी संघ, सप्तरीको अगुवाईका किसानले जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित महुलीमा बसका यात्रुसहित उपस्थित भएका सबैलाई माेही पिलाएर आन्दोलन गरेका छन् । दुध पोखेर उनीहरुले केहि बेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म पुर्व पश्चिम राजमार्ग अन्तर्गत महुलीमा चक्काजाम गरे । त्यस क्रममा बसका यात्रु, आन्दोलनम जुटेका किसान, समाचार संकलन गर्न गएका पत्रकारसहितकालाई मोही पिलाइयो ।
यसअघि किसानले दूध पोखेर आन्दोलन गर्ने जनाएको थियो ।
दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनासहितका अन्य नीजि डेरी उद्योगीले विगत ८ महिनादेखि ८ करोडभन्दा बढीको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
यसअघि दुग्ध उत्पादक संघले प्रमुख जिल्ला अधिकारी किरण थापालाई मंगलबार ज्ञापन पत्र बुझाउँदै भुक्तानी दिलाइदिन सहितका ११ बुँदे माग राखेको थियो ।
दुग्ध उत्पादक सहकारी संघले पछिल्लो साउनदेखि पुस मसान्तसम्म एक अर्ब ४३ करोड ९९ लाख २३ हजारको दुग्धजन्य पदार्थ आयात भएको देखिँदा सो पूर्ण बन्द गराई स्टकमा रहेका दुग्धजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
दुग्ध किसानलाई सहुलियत कृषि कर्जामा एवं रोकिएको व्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गराउन, प्रति लिटर दुधमा कम्तीमा रु १० सबै पालिकामा सबै किसानले पाउने गरी लागू गराउन, पशु आहारा, पशु औषधिसहित पशु पालनसँग सम्बन्धित वस्तुका मूल्य राज्यबाट अबिलम्ब नियन्त्रण गर्न ज्ञापन मार्फत् उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

Next Post

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.