ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?


ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

Loading

राजविराज । अहिलेकाभन्दा ठूला–ठूला भक्त हुन्थे भगवानका परापूर्वकालमा । ऋषिमुनीदेखि देबलोकका व्यक्तिहरु भगवानको असाध्यै भक्ति गर्थे । तर, एकान्त ठाउँमा त्याग र तपस्या गरेर । आफू दुःख गरेर तपस्या गर्नेहरु अरुलाई दुःख दिदैन्थे । धार्मिक इतिहासलाई हेर्ने हो भने यज्ञहरुको पनि आयोजना गरिँदा आफ्नो आवाजबाहेक कुनै किसिमको ध्वनीको प्रयोग गरिदैन्थ्यो । रामायण र महाभारत पढ्दा वा हेर्दा यो कुरा प्रष्ट हुन्छ ।
धार्मिक इतिहासले पनि अरुलाई दुःख नदिनु सन्देश दिएको हामीले बिर्सनुहुन्न । पछिल्लो समयमा घरमा पूजा गर्दा पनि आफ्नो परिवार मात्र होइन्, पुरै समाज मात्रै होइन्, जिल्लाबासीलाई नै सुनाउँछन् ‘म पूजा गरिरहेको छु’ भनेर । चर्काे स्वरमा माइक बजाउनैपर्छ भनेर कुन धर्म र इतिहासमा लेखिएको छ ?
भगवानको प्रार्थना त अन्तरआत्माले गर्ने हो । ठूला–ठूला माइक र साउण्ड बक्स राखेर चर्काे आवाजमा बजाउने र म पूजा, पुरान र यज्ञ गरिरहेको छु भनेर देखाउने भक्ति हो या आडम्बर ? आखिर पूजापाठ त गरीबको घरमा पनि हुन्छ नि ! तर खोई यत्रो आडम्बर उनीहरुको घरमा त देखिदैन् । यहाँ जो जति धनी छन् त्यत्ति ध्वनी प्रदूषण गर्न अग्रणी भूमिकामा देखिएका छन् । पूजापाठ, यज्ञ, पुरान अन्य ठाउँमा पनि हुन्छ । तर उपस्थित भएका व्यक्ति मात्रै सुन्ने गरी साउण्ड बजाइएको हुन्छ ।
पूजापाठ, हवन, किर्तन पुण्यको काम हो । त्यहीं पुण्यको काम गर्नका निम्ति हामी यस्ता कार्यक्रमको आयोजना ग¥छौं । तर, अरुलाई दुःख दिएर पुण्य कमाउन सकिन्छ त ? पक्कै सकिदैन् । तपाईंले गर्ने कामबाट दुःखी भएर गाली गरे, श्राप दिए त्यो काम पुण्य नभई पाप हुन्छ । हो, भजनकिर्तन सुन्न नमिठो लाग्ने होइन् चाखलाग्दो नै हुन्छ । मन प्रसन्न हुन्छ । तर, मधुरो स्वरमा ।
राजविराजमा एकाबिहानै मस्जिदहरुमा चर्काे स्वरमा साउण्ड बजाउने गरिन्छ । के चर्काे आवाजमा साउण्ड बजाएपछि अल्लाह खुशी हुन्छन त ?
एकै ठाउँमा धेरै साउण्ड सिस्टम राखेर आम मानिसको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने गरी चर्काे स्वरमा बजाइए कसैका लागि हितकर हुँदैन् । हाम्रै एउटा प्रसिद्ध टुक्का छ नि–‘बढी चिनी तितो हुन्छ ।’ आखिर कम आवाजमा सुनिने गीत र चर्काे स्वरमा सुनिने गीतमा फरक त अवश्य नै हुन्छ ।
राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गर्दा चर्काे साउण्डको प्रयोग गरिरहेका छन् सप्तरीमा ।
अब कुरा गरौं ध्वनी प्रदूषणले हुने खराबीको । ध्वनी प्रदूषणले धार्मिक, सामाजिक केहि चिन्दैन् । यसले सिधै व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले व्यक्तिको मानसिक समस्यामा वृद्धि हुने, गर्भवती महिलाहरुमा गर्भ खेर जान सक्ने समस्या देखिएको छ । मुटु रोगीहरुमा समस्या, कान सुन्न सक्ने क्षमतामा कमी आउनेसहितका समस्या देखिने चिकित्सकहरुले बताइसकेका छन् । अनि पुण्यको काम भनेर हामीले अरुलाई दुःख दिइरहेका छौं कि छैनौं ? आफैं मनन गर्नु आवश्यक छ ।
अब यसको कानुनी बाटोबारे चर्चा गरौं । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने व्यवस्था रहेको र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जाखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रशारण ओसारपसार गर्न वा थुपार्न नहुने भनिएको छ । सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ बर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
अर्थात् हाम्रो देशको कानुनले समेत ध्वनी प्रदुषणलाई बर्जित गरेको छ । राजविराजको हकमा भन्ने हो भने तत्कालिन पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) ले ध्वनी प्रदुषण रोक्न जिल्ला प्रशासन, जिल्ला प्रहरी र राजविराज नगरपालिकाको नाममा आदेश दिइसकेको छ । अदालतको आदेश हुँदाहुँदै पनि सम्बन्धित निकाय यसतर्फ गम्भीर बन्न नसक्दा समाजमा रोगीको संख्या बढ्दै गएको छ । ध्वनी प्रदुषणलाई रोक्न मधेश प्रदेश सरकारले सबै पालिकालाई पत्राचार समेत गरिसकेको छ । अब पालिका प्रमुखहरुले यसतर्फ ध्यान दिनु नितान्त आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

Next Post

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.