राजविराज । महादेवा गाउँ पालिका वडा नम्बर १ चिम्टीका आगलागी पीडितलाई दुई छाँक खाना खुवाउन कर परामर्श सेवा केन्द्र राजबिराज ३ नामक संस्थाले सहयोग गरेको छ।
परामर्श सेवा केन्द्रले दुई छाँक खानामा लाग्ने चामल सय किलो, दाल २५ किलो , खाने तेल ५ लिटर , विभिन्न तरकारीहरु ५५ किलो , तरकारीमा लाग्ने मसाला , तरभुजा ५० किलो , दही ४० किलो र पानी २० कार्टुन प्रदान गरेको छ ।
महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा गत मंगलबार दिउँसो आगलागी हुँदा ४६ परिवारको ४६ घर, ११ वटा गोठ र ९ वटा भान्सा कोठा जलेर खरानी भएको थियो ।
बुधबार देखि सप्तरी युथ नेपाल ले “दैनिक भाेजन सेवा कार्यक्रम ” संचालन गरेको छ।
खुला आकाश मुनि भाेकाे पेट रहेका आगलागी पीडित लाई दुई छाँक खाना खुवाउन कर परामर्श सेवा केन्द्र राजबिराज ३ परिवार ले राहत स्वरुप खाद्यान्न र पानी बिहीबार सप्तरी युथ नेपाललाई हस्तान्तरण गरेको हाे।