राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ ।
नयाँ सीडीओको रूपमा मेखबहादुर मंग्राती आउने भएका छन् । मंग्राती यसअघि पाँचथरका प्रमुख जिल्ला अधिकारी थिए ।
यहाँका सीडीओ किरण थापाको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवा सरुवा भएको छ । थापालाई बिमानस्थलको प्रमुख अध्यागमन अधिकारीको रुपमा सरुवा गरिएको हो ।
गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गर्दा सप्तरी पनि परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
1
+1
+1
+1
1