राजविराज । डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले आफ्नो नीजि पोखरीमा निर्माण गराएको घाटको लागत खर्च नगरपालिकाको राजस्व खातामा जम्मा गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माण गरिएको थियो । यसका लागि आ.ब. ०७९÷८० को रु ५ लाखको बजेट विनियोजन गरिएको थियो । बजेटमध्ये रु ४ लाख ८४ हजार ७३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
त्यस क्रममा पालिका प्रमुख मलाहले आवश्यक पर्ने जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा हाल बैंकमा धितोमा रहकोले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन् ।
यहीं बीचमा नीजि पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए । उनका अनुसार घाट निर्माणमा लगानी गरिएको रु ४ लाख ८४ हजार ७३० को व्याजसहित रु ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ ।
रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धता समेत जनाएका छन् ।