राजविराज । एक्कासीको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्न थालेपछि सप्तरीको एक पालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने भएको छ ।
अत्यधिक गर्मी बढेको भन्दै कंचनरुप नगरपालिकाले दुई दिन पालिका अन्तर्गतका विद्यालयमा विदा दिएको छ । पालिका प्रमुख ललन प्रसाद गुप्ताले सोमबार एक सूचना जारी गर्दै असोज ८ र ९ गते विद्यालयमा विदा दिइएको उल्लेख गरेका छन् ।
दुई दिनको विदापछि १० गतेदेखि १६ गतेसम्म बिहानी कक्षा संचालन गर्न भनिएको छ । यो अवधीमा बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा संचालन गर्न सूचनामा भनिएको छ ।