ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज


तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

Loading

राजविराज । मधेशका जिल्लामा अझैपनि पछाडि परेका र पारिएका समुदाय हुन्–मुसहर अर्थात् सदा समुदाय । शिक्षादखि आर्थिक क्षेत्रमा अझै पछाडि देखिएका छन् यी समुदाय । यी समुदायको शिक्षामा पहुँच पु¥याउन अनेकन कार्यक्रम संचालन गरियो । तर फलदायी हुन सकेन् । कतिले बालबालिकालाई सधैं विद्यालय पठाउन चेतना फैलाए भने कति संस्थाले शैक्षिकदेखि बिभिन्न सामग्री प्रदान गरे । कतिले ट्यूशन कक्षा संचालन गरिदिए भने कतिले सरसफाई गर्न चेतना फैलाए । तर, अवस्था भने उस्तै छ ।
अब सदासँगै दलित समुदायलाई लक्षित गरी बिभिन्न कामसहितको कार्यक्रम शुरु गरिएको छ, सप्तरीमा । बालबालिकालाई सरसफाई, अनुशासन, नैतिकता सिकाउनुका साथै शिक्षाको गुणस्तरमा सुधार गर्ने उद्दश्यले विद्यालय बाहेकका अतिरिक्त समयमा समेत बालबालिकाको क्षमता र रुची बमोजिम बालमैत्री वातावरणमा शिक्षा गाउँमै दिन थालिएको छ, यो कार्यक्रम मार्फत् ।
एउटै थलोमा बालबालिकालाई नुहाएर सफा बनाउने, पोषणयुक्त खाजा खुवाउने र विद्यालयको गृहकार्य गराउनेदेखि विद्यालयबाहेकको अतिरिक्त शिक्षा प्रदान गर्ने कार्यक्रम शुरु गरिएको छ, सप्तरी जिल्लाको तिरहुत गाउँपालिकामा ।
बालबालिकालाई यी सबै काम गराउन बनाइएको छ प्रसन्न सामुदायिक केन्द्र । गाउँपालिकाको वडा नम्बर ३ को पिप्राही र गोइठीमा केन्द्र निर्माण गर्दै नेपाल युथ फाउण्डेशनद्धारा कार्यक्रम संचालन गरिएको छ ।
‘यहाँका बालबालिका औपचारिक शिक्षाका लागि नजिकैको सामुदायिक विद्यालयमा जान्छन्, त्यहाँबाट फर्केपछि दैनिक गृहकार्य गर्ने, थप शिक्षा दिने कार्य यो केन्द्रमा हुन्छ’ युथ फाउण्डेशनका कार्यक्रम संयोजक ललित गहतराजले भने ।
उनका अनुसार यी केन्द्रमा पंखासहितको हल, शौचालय, नुहाउने कोठा, स्टोर कोठा र भान्सा कोठा राखिएको छ ।
५० जना बालबालिकालाई एकसाथ पढाउन सकिने क्षमता केन्द्रको यो हलमा छ । यो हलमा वडा नम्बर ३ भित्रका बालबालिकालाई नियमित गृहकार्य गराउने तथा आवश्यक्ता अनुसार उनीहरुका अभिभावकलाई मनोसामाजिक परामर्श दिने गरिएको छ ।
फाउण्डेशनले कास्ट इक्वालिटी परियोजना अन्तर्गत विगत ९ महिनादेखि वडा नम्बर १ र ३ का ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ५०० बालबालिकालाई दैनिक पोषणयुक्त दिवाखाजा उपलब्ध गराउँदै आएको छ । यस्तै यी विद्यालयमा अध्ययनरत दलित समुदायका सम्पूर्ण बालबालिकालाई विद्यालय पोशाक, व्याग तथा जुत्तासहितका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको गहतराजले बताए ।
‘गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई तालिम समेत दिन्छौं’ उनले भने, ‘यहीं समुदायभित्रको १२ कक्षा उत्तिर्ण गरेकालाई शिक्षकमा प्राथमिकता दिइनेछ ।’
‘हाल बालबालिकाको तथ्यांक संकलनको काम भइरहेको छ, एकसाताभित्र कक्षा संचालन हुन्छ’ उनले भने ।
यो भवनभित्र बालबालिकालाई पढाउने काम मात्रै हुँदैन् । तिरहुतको एउटा टोलका मात्रै १२ देखि १९ बर्षभित्रका ४२ देखि ५० जना बालिकाले विद्यालय छाडेको भन्दै गहतराजले ती सबै बालिकालाई पुनः शिक्षासँग जोड्ने बताए ।
महिलालाई आयआर्जनका लागि बचत समूह बनाउने, शीपमूलक तालिम दिने, कुलतमा फँसिरहेका युवालाई बिभिन्न किसिमका चेतना र मोटिभेसन गर्ने लगायतका कार्यक्रम गर्ने योजना युथ फाउण्डेशनको छ ।
‘आधारभूत संरचना निर्माण भइसकेको छ’ खेलकुदको व्यवस्था पनि मिलाउँदैछौं’ उनी भन्छन्, ‘हामी पालिकाको सहकार्यमा पाँच बर्षसम्म काम ग¥छौं ।’
समुदायका किशोरीहरुको सहयोगी समूह निर्माण गरी मन चौतारी गठन गरिएको छ । जसमा किशोरीहरुले तनावबाट मुक्त हुन खुलेर एकअर्कासँग आफ्ना मनका कुरा साटासाट गर्ने तथा कुनै समस्या आए सहयोगी समूहबाट समाधानका उपाय खोज्ने गरेको गहतराजको भनाई छ ।
जातियता तथा लैङिक विभेद न्यूनिकरण तथा बालविवाह रोकथामका लागि जनचेतनामूलक सडक नाटक तालिम तथा प्रदर्शनी समेत गर्दै आइरहेको उनले जानकारी दिए ।
प्रसन्न सामुदायिक केन्द्र मार्फत् मुसहर तथा समग्र दलित समुदायका बालबालिकाको उच्चतम शिक्षाका लागि मद्दत पु¥याउने आफूहरुको उद्देश्य रहेको उनले बताए । कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गरी अन्य वडाहरुमा समेत कार्यक्रम विस्तार गरिने लक्ष्य रहेको उनको भनाई छ ।
तिरहुत गाउँपालिकाको वडा नम्बर ३ पिप्राही र गोइठीमा निर्माण भएको प्रसन्न सामुदायिक केन्द्रको नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमला तथा तिरहुत ३ का वडाअध्यक्ष शिबचन्द्र यादवले ८ असोजमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

Next Post

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कोशी नहरको गेटमा फेला प¥यो लास

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.