ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

Loading

राजविराज । राजविराज–कुनौली सडक खण्ड अन्तर्गत बिष्णुपुर गाउँपालिकामा बुधबार बिहान बस र ट्रक एकआपसमा ठोक्कियो । दुबैतर्फका झण्डै तीन दर्जन यात्रु घाइते भए ।

घाइते छटपटिरहेको दृश्य देखेका बटुवाले प्रहरीलाई खबर गर्छन् । तत्कालै सुरक्षाकर्मीको टोली घट्नास्थल पुग्छन् । बस र ट्रक दुबैबाट घाइतेको उद्धार गर्छन् । तत्कालै एम्बुलेन्स बोलाएर उपचारका लागि अस्पताल पु¥याउँछन् सुरक्षाकर्मीले ।

नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले संयुक्त रुपमा दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेका हुन् ।

घाइतेहरुको उद्धार भइरहँदा केहि व्यक्ति यात्रुको सामान लिएर गइरहँदा सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिए । पक्राउ परेकाले आफूहरु उद्धार गरिरहेको बताएपनि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनायो ।

उपरोक्त दुर्घटना वास्तविक झैं लागेपनि सुरक्षाकर्मीद्धारा दुर्घटना न्यूनिकरणका लागि गरिएको पूर्व तयारीको दृश्य हो यो ।

दुर्घटना भएपछि कसरी घाइतेको उद्धार गर्ने र ज्यान बचाउने सम्बन्धी पूर्व तयारीको प्रदर्शनी गरिएको छ ।

दुर्घटना हुँदा घाइते व्यक्तिको सामान पनि चोरी हुन सक्ने र सुरक्षाकर्मीले यसतर्फ पनि ध्यान दिनुपर्ने प्रदर्शनीमा देखाइयो ।

जिल्ला विपद् व्यवस्थापन समितिद्वारा सशस्त्र प्रहरीको संयोजनमा यो प्रदर्शनी गरिएको हो ।

विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बर्तमान समयमा दुर्घटना बढिरहेकाले यसको सबै मिलेर न्यूनिकरण गर्नुपर्ने बताए ।

उनले सूचना पाएपछि सुरक्षाकर्मीले घाइतेको तत्कालै उद्धार गर्न गरिएको प्रदर्शनी वास्तविकका लागि फलदायी हुने विश्वास व्यक्त गरे । उनले व्यक्तिको ज्यान जान सक्ने ठाउँमा सुरक्षाकर्मी बचाबका निम्ति समयमै गइरहेको र भविष्यमा अझ चाँडो जाने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेलले झण्डै दुई साता सुरक्षाकर्मीले यस सम्बन्धी प्रशिक्षण लिदैं बुधबार डेमो प्रस्तुत गरेको जानकारी दिए । उनले दुर्घटना न्यूनिकरणका लागि सबैले हातमा हात मिलाएर काम गर्नुपर्ने बताए ।

प्रदर्शनीमा जिल्ला समन्वय समितिका सभापति शिबनारायण साह, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, रेडक्रसका अध्यक्ष जोगेन्द्र भगतसहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.