राजविराज । सप्तरीबाट श्राेत खुल्न नसकेको रू ३ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका ९ काचन बस्ने ३३ बर्षका शोभाकान्त साह छन् ।
उनलाई बलान बिहुल गाउँपालिका ५ स्थित कबीर चोक अगाडिबाट सशस्त्र प्रहरीको बीओपी रामनगरको चेक प्वाइन्ट टोलीले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ स.९ प. ८०६५ नम्बरको मोटरसाइकलमा सबार भएर आउँदै गरेका साहको साथबाट श्रोत नखुलेको रकम रु.३ लाख बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
साहलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीको भनाई छ ।