ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ


Loading

जनकपुरधाम । महोत्तरी प्रहरीले अश्लिल नृत्य प्रस्तुत गर्ने नौ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लिल नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लिल नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी गौशालाका प्रमुख प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।
उनका अनुसार गौशाला नगरपालिकाको वडा नम्बर २ निगौलबाट ४ जना तथा वडा नम्बर ११ बाट ५जना नर्तकीलाई नियन्त्रणमा लिइएको छ । उनीहरु नाचगानका लागि भारतको बिहार राज्य अन्तर्गत सितामढीबाट भाडामा आएको प्रहरीले जनाएको छ ।
प्रहरीले वडा नम्बर ११ बाट नर्तकीलाई नियन्त्रणमा लिने क्रममा केहि व्यक्तिले प्रहरीमाथि आक्रमणको प्रयास पनि गरेका छन् । त्यस क्रममा दुई जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले पक्राउ परेका नर्तकीलाई आइन्दा नेपाल छिरेर यस किसिमको नृत्य नगर्न चेतावनी दिदैं सम्बन्धित कम्पनीको जिम्मा लगाएको र आक्रमणको प्रयास गर्नेबिरुद्ध सार्वजनिक शान्तिबिरुद्धको कसुरमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
चाडपर्व नजिकिएसँगै मधेशका जिल्लामा अर्केष्ट्रा आयोजन गर्ने क्रम बढेको छ । पछिल्लो पटक रौतहटमा आयोजना गरिएको अर्केष्ट्रामा बर्दी लगाएका एक जना सई नाच्न थालेपछि उनलाई कार्वाही गरिएको छ ।
गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा आयोजित अर्केष्ट्रामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।
नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी

Next Post

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

बनैनियाँबाट पेस्तोल र गोली बरामद

बनैनियाँबाट पेस्तोल र गोली बरामद

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

भोलि राजविराजमा सार्वजनिक विदा

भोलि राजविराजमा सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.