ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

Loading

राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा निर्माण गरिएको खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार व्यायामशालाको नापजाँच र मूल्यांकन गरेका छन् ।

रुपनी गाउँपालिका वडा नम्बर १ मा आर्थिक बर्ष २०८०/८१ को वडा स्तरीय बजेटबाट ‘स्वास्थ्य जीवनको लागि खुल्ला ब्यायामशाला’ मा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको हो ।

वडा अध्यक्ष लिला यादवले एमी बिल्डर्स एण्ड सप्लायर्ससँग आर्थिक लाभ लिई अत्यधिक मुल्य (विनियोजन बजेट भन्दा ४५ रुपैयाँ ४२ पैसा मात्रै कम) मा सम्झौता गरेको तथा उक्त काम गर्दा कमसल, गुणस्तरहीन सामग्री प्रयोग गरी खुद्रा बजार मूल्य भन्दा पनि अत्यधिक बिल भरपाई बनाएको सम्बन्धमा अख्तियारले छानबिन शुरु गरेको हो ।

मिलोमतोमा काम भन्दा बढीको मूल्यांकन किताब खडा गरी रु ९ लाख ५३ हजार ७५३ भुक्तानी निकाली भ्रष्टाचार गरेको भन्दै परेको उजुरीको आधारमा अख्तियारले छानबिन अघि बढाएको हो ।

बजार मूल्यभन्दा बढी बिल बनाएर प्राविधिक, बडा अध्यक्ष र एमी बिल्डर्स एण्ड सप्लायर्सको मिलोमतोमा जिम संञ्चालन गर्ने खरिद भएको गुणस्तर हिन सामाग्रीको स्पेशिफिकेसन समेत नदेखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

Next Post

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बसभित्रै अचेत भएर सह चालकको मृत्यु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

बैंक कर्मचारीलाई कालोमासो दलेर जुत्ताको माला लगाउने दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.