![]()
राजविराज । सप्तरीमा बसभित्रै सह चालकको मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १५ बस्ने अन्दाजी ५५ बर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९ नम्बरको बसमा मृत भेटिएका हुन् । उनी सोही बसका सह चालक रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार राजविराजबाट बुटबल भैरहवा चल्ने उक्त बस टायर मर्मत गराउनका लागि राजविराज ८ स्थित सिन्हा ग्यारेज पुगेको थियो । देव अगाडिको ढोका छेउमा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।
सोमबार दिउँसो १६ः३० बजे अचेत अवस्थामा भेटिएका उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यस क्रममा चिकित्सकले इसिजी गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र यस विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ












