ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 


एक्कासी आँखाकाे ज्याेति गुमाएका रामजी भन्छन्-नागरिकता पाउँदा हुन्थ्यो 

Loading

राजविराज । जिन्दगीमा कसलाई कतिखेर खराब स्थितिको पनि सामना गर्नुपर्दोरहेछ । जसलाई कसैले कल्पना समेत गरेका हुँदैनन् । यस्तै कहिले सोंच्दै नसोचेको स्थितिको सामना गर्न बाध्य भएका छन् सप्तरीका एक व्यक्ति ।

राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ निवासी रामजी रामको जिन्दगीमा एक्कासी यस्तो मोड आएको छ, जसका कारण उनलाई संसार नै अँध्यारो भइसकेको छ ।

अरु कारणले होइन उनको जीवनमा वास्तविक अँध्यारो नै छाएको छ । कारण, उनको दुई वटै आँखा गुमेको छ ।

उमेरले ८२ बर्ष पुगेका उनी शारीरिक रुपमा अस्वस्थ्य छैनन् । तैपनि सन्तानको सहारमा बाँच्न बाध्य छन् ।

झण्डै २५बर्षदेखि उनले आँखा देखिरहेका छैनन् । ‘विस्तारै आँखाको जेति कम हुँदै गयो, चिकित्सकसँग जाँच गराउँदा औषधि दिदैं ठीक हुन्छ भन्थ्यो’ उनी भन्छन्, ‘तर औषधिले काम गरेन, एक दिन एकै पटक दुबै आँखाको ज्योति गुम्यो ।’

आँखा गुमेकोमा उनी अति नै चिन्तित छन् । कारण, बूढेसकालमा उनले स्नातक पढ्न शुरु गरेका थिए । ‘२०६६/६७ तिर स्नातकमा नाम लेखाएर पढ्न शुरु गरिसकेको थिएँ’ उनी भन्छन्, ‘तर आँखाकै कारण स्नातक पूरा गर्न सकिनँ ।’

रामजी भारतको पंजाब गएर काम गर्ने गर्थे । युवावस्थादेखि नै पंजाब गएर श्रम गर्दै आएका उनले त्यहीं नै आँखा कमजोर हुँदै गएको अनुभूति गर्न थाले । ‘यस्तो अनुभूति भएपछि धेरै चिकित्सकसँग जाँच गराएँ’ उनी भन्छन्, ‘तर चिकित्सकले काला मोतियाबिन्द भएको छ भन्दै औषधि दियो, तर ठीक भएन् ।’

उनकी बुहारी फ्‌ुलोदेवीले लहानस्थित सगरमाथा आँखा अस्पताल लगेर जाँच गराउँदा पनि ठीक नभएको बताइन् । ‘त्यहाँ लग्दा चिकित्सकले दुबै आँखाको नशा सुकिसकेको र अब ठीक नहुने बताएपछि घरमै ल्याएर राखेको हुँ’ उनी भन्छिन्, ‘अहिले ससूराको देखभाल राम्रोसँग गरिरहेका छौं ।’

नागरिकता पाउने आश

रामजी राम लामो समय भारतको पंजावमा श्रम गरे । स्थानीयस्तरमा कुनै रोजगारी नपाउँदा परिवार र आफ्‌नो छाँक टार्न पंजाबमा काम गरे । त्यहीं क्रममा उनले नागरिकता बनाउन पाएनन् ।

अहिले उनी नागरिकता पाउने आशा राखेका छन् । ‘अब कति नै बाँच्छु र !’ उनी भन्छन्, ‘नागरिकता भए एउटा अभिलाषा पूरा हुन्थ्यो ।’

नागरिकता नपाउँदा रामजीले हालसम्म ज्येष्ठ नागरिक भत्ता समेत पाइरहेका छैनन् । उनी पंजाबमै भएको बेला २०६३ सालमा आएको टोली मार्फत् उनको छोरा बुहारीले नागरिकता पाएका थिए । एक पटक उनको नागरिकता बनाउने प्रकृया पनि शुरु भएको थियो । ‘तर बीचमै सेलायो’ रामजी भन्छन्, ‘अब नागरिकता भए खुशी हुन्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

Next Post

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.