ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो


राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

Loading

दुबै सदनबाट पारित भएको नागरिकता विधेयक पारित नगरेको भन्दै राजविराजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनद्वारा मंगलबार राजविराजमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुत्ला जलाइएको हो । जसपा आवद्ध महिला, युवा विद्यार्थीद्वारा प्रदर्शन गर्दै भण्डारीको पुत्ला जलाएका छन् ।
स्थानीय जनआन्दोलन चोकमा पुतला जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । जलिरहेको पुत्ला प्रहरीले खोस्ने क्रममा युवा अध्यक्ष शिवम यादव र महिला नेतृ उषा देव यादव घाईते भएको युवा संघका केन्द्रिय सचिब विशाल यादवले जानकारी दिए ।
पुत्ला दहनपछि आयोजना गरिएको कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले लाखौं नेपाली जनतालाई नागरिकताबिहीन बनाएको भन्दै राष्ट्रपति भण्डारीको राजीनामा माग गरे । उनीहरुले संसदबाट दुईपटक पारित भएको नागरकिता ऐन सम्बन्धि विधेयक प्रमाणीकरण नगरी नेपालको संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारीले राजिनामा नदिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादवको अध्यक्षतामा आयोजित कोणसभामा कोणसभामा जसपा केन्द्रिय सदस्य रमिला साह, महिला नेतृ सावित्री पंडित, समाजावादी युवा संघका प्रदेश उपाध्यक्ष भुवनेश्वर यादव (थापा), जिल्ला उपाध्यक्ष केदार यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष अनिल कुमार साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसअघि स्थानीय शिव मन्दिरबाट निकालिएको विरोध जुलुस राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउदै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । त्यस क्रममा ‘संविधान उल्लंघन गर्ने राष्ट्रपति विध्यादेवी भण्डारी राजीनामा गर, कठपुतली राष्ट्रपति भण्डारी मुर्दावाद, नागरिकता ऐन सम्बन्धि विधेयक प्रमाणीकरण गर, महिला, विद्यार्थी युव लगायतका सम्पुर्ण उत्पीडित समुदाय एक होऔं, विद्या तेरो पाराले दुख पाए साराले’ जस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

Next Post

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.