सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी मन्दिरमा मंगलबार हेलिकप्टरबाट पुष्पवृष्टि गरिएकाे छ । नेपाली सेनाले आफ्नो हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेकाे हाे ।
याे मन्दिरमा हरेक बर्ष दशैंकाे नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक-एक राँगाकाे संकल्प पूजा हुने गर्छ । यश पटक बली प्रदान हुने राँगाकाे संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको छ । जसलाई महासंकल्प पूजा भनिएको छ । महासंकल्प पूजाकै अवसर पारेर मंगलबार बिहान को समय आज असोज १८ गते मंगलबार बिहान हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको मन्दिर समितिले जनाएको छ ।
दशैंकाे नवमी तिथीका दिन यस मन्दिरमा राँगाकाे बली प्रदान गर्ने गरिन्छ ।
यो मन्दिरमा यस पटक ६७५ राँगा बली प्रदानका लागि दर्ता भएको मन्दिर समितिले जनाएको छ । बली प्रदान मध्यान्ह १२ बजेबाट शुरु भैसकेको छ ।