ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

Loading

मधेश सम्वाददाता

राजविराज, ७ बैशाख ।

फैसला भएको कैद र जरिवाना फछ्र्याैटमा सकृयता देखाएको भन्दै सप्तरी जिल्ला अदालतले दुई जना प्रहरी निरीक्षकलाई सम्मान गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान र ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहलाई जिल्ला अदालतले बुधबार सम्मान गरेको हो । अदालतका जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले उनीहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गरे ।

विभिन्न अदालत र न्यायधीकरणको फैसला बमोजिम ठहर भएको कैद जरिवाना असूल फ्र्छर्याैटका क्रममा सक्रियता देखाएको भन्दै उनीहरुलाई सम्मान गरिएको ज्ञवालीले बताए ।

अदालतले गरेको फैसला कार्यान्वयनका लागि प्रहरी निरीक्षक पासवानले २०७७ असोज ११ गते देखि हाल सम्ममा ४५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुको जम्म कैद ८० वर्ष ५ महिना २१ दिन रहेको छ भने एक करोड छ लाख ३४ हजार बराबरको माल समान भन्सारमा बुझाईएको ईलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ । हराएरको मानिस २१ जना, ट्रक १ थान, पिकअप ३, मोटरसाईकल १, ट्याकटर १ र हराएको मोवाईल ३३ थान लगायतका सामानको खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको पासवानले बताए ।

प्रहरी निरीक्षक साहले २०६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सघाएका छन् ।

यसअघि सप्तरीमा लागुऔषध नियन्त्रणमा उत्कृष्ट काम गरेको वापत आईडिया नेपाल नामक गैर सरकारी संस्थाले दुबैलाई प्रसंशा पत्र सहित सम्मान गरेका थिए ।

कदरपत्र प्राप्त गर्दै प्रहरी निरीक्षक पासवानले सप्तरीमा कार्यरत रहँदा पाएको सम्मानले थप जिम्मेवार भएर काम गर्ने हौसला प्रदान गरेको बताए । उनले न्याययिक निकायबाट कदर पत्र पाएपछि गौरवान्ति भएको प्रतिक्रिया दिए । यस्तै अर्का प्रहरी निरीक्षक साहले न्याय गर्ने अदालतले आफूलाई सम्मान दिने योग्य ठानेकोमा सप्तरी जिल्ला अदालत प्रति अभार प्रकट गरे । उनले प्रहरी सेवामा रहँदा प्रहरीलाई राज्यले प्रदान गरेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

Next Post

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...