ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बोदे बर्साइन : ३० लाखको इन्धन, १३ लाखको गाडी भाडा र २९ लाख मर्मतमा खर्च

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

Loading

राजविराज । बोदे बर्साइन नगरपालिकाले एक बर्षमा रु ३० लाखभन्दा बढीको इन्धन खर्च गरेको छ भने एक बर्षमा गाडी भाडा वापत रु १३ लाख खर्च गरेको छ । यस्तै मर्मतमा रु २९ लाखभन्दा बढी खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७७÷७८ को प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको छ । प्रतिवेदनमा पदाधिकारीले रु ५ लाख ९७ हजार ९३६ र कार्यालय प्रयोजनका लागि रु २५ लाख २५ हजार २४२ इन्धनमा खर्च गरेको छ ।
इन्धन खर्च गर्दा मापदण्ड तयार नगरेको सबारी साधन अनुसार बार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख नराखेको देखिएको छ । इन्धनको बिल संलग्न गरेपनि के–कति इन्धन कुन मतिमा कुन सबारीसाधनमा प्रयोग भएको कुपन संलग्न भएको छैन् । ‘कर्मचारीले प्रयोग गरेको कार्यालयको नीजि सबारीसाधनमा समेत इन्धन प्रयोग गरेको देखिएकोमा पालिकाबाट यस्तो सुविधा उपलब्ध गराइने सम्बन्धमा कुनै निर्णय भएको नदेखिएको यसरी प्रयोग भएको इन्धनलाई नियमित मान्न सकिएन इन्धन खर्चलाई मितव्ययी बनाउन कोटा निर्धारण गरी लगबुक राखेर मात्र खर्च लेख्नेतर्फ कार्यालयको ध्यान जानुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
यो बर्ष बोदे बर्साइन नगरपालिकाले कार्यालयको दैनिक कामकार्वाहीको लागि तथा पदाधिकारीको निमित्त समेत बिभिन्न समयमा सबारीसाधन भाडामा लिए वापत रु १३ लाख खर्च गरेको छ । सबारीसाधनको दर निर्धारण तथा छनौटको आधार र कतिपयमा प्रयोजन पनि खुल्न सकेको छैन् । सम्झौता बमोजिमको सबारीसाधन स्वामित्व भएकोलाई भुक्तानी गर्नुपर्नेमा अन्य व्यक्तिलाई समेत भुक्तानी गरेको देखिन्छ । कार्यालयको कामको प्रकृति र कार्य व्यस्तताको दृष्टिकोणले कार्यालय प्रयोजनका लागि भाडाको सबारीसाधन प्रयोग पर्दा प्रचलित कानुनले तोकेको प्रकृया अबलम्बन गरी मितव्ययी तथा किफायती एवं कार्य प्रकृति अनुकुल हुने गरी भाडामा लिन सुझाव दिएको छ ।
यो नगरपालिकाले सबारी साधन मर्मतमा एक बर्षमा रु १० लाख भन्दा बढी रकम खर्च गरेको छ । नगरपालिकाले मर्मत खर्च भुक्तानी गर्दा अधिकांस खर्चमा मर्मत आदेश र मर्मत अभिलेख तयार नगरी सबारीसाधनमा रु १० लाख ५३ हजार ८४० र सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा रु १९ लाख १२ हजार ६०९ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । कतिपय मर्मत कार्य लागत अनुमान तयार नगरी टुक्रा पारी समेत गरेको देखिन्छ भने मर्मतको बिलहरुको गाडी नम्बर समेत उल्लेख नरहेको प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

Next Post

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

कुश्महारमा कुटाकुट, आठ जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

सम्पादकीय : सूचना दिन किन आलटाल ?

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.